आफ्नो घर अगाडिको क्षेत्र आफै हरियाली बनाऔँ भन्ने उद्देश्यसहित शनिबारबाट हरित सिद्धार्थनगर अभियान थालिएको हो ।
मनोरञ्जन शर्मा
भैरहवा ।
सिद्धार्थनगर नगरपालिकामा हरित सिद्धार्थनगर अभियान सुरु भएको छ । आफ्नो घर अगाडिको क्षेत्र आफै हरियाली बनाऔँ भन्ने उद्देश्यसहित शनिबारबाट हरित सिद्धार्थनगर अभियान थालिएको हो । निर्माणजन्य कार्यमा प्रयोग हुने ठुला यन्त्र साधन प्रयोगकर्ताहरुको संस्था हेभी ईक्विपमेन्ट ब्यबसायी संघ रुपन्देहीले सिद्धार्थनगर वडा नम्बर ९ अञ्चलपुरबाट अभियान सुरु गरेको हो ।
यो अभियान अन्तरगत संस्थाले आफ्नो कार्यालय रहेको स्थान अगाडीको करिब १ सय ५० फिट क्षेत्रमा बेलहिया बुटवल सिक्स लेन सडकको ग्रिनरी जोन खण्डमा हरियाली बनाउने कार्य सुरु गरेको हेभि ईक्विपमेन्ट ब्यबसायी संघ रुपन्देहीका अध्यक्ष तथा हरित सिद्धार्थनगर कार्यक्रमका संयोजक महेश भट्टले बताए ।
हामीले हरित सिद्धार्थनगर अभियान सुरु गरयौ, चर्चामा आउन नभई आफनो घर वरपर तथा अगाडीको सार्बजनिक खाली क्षेत्रहरुमा फुलबिरुवा रोपी त्यस्को संरक्षण गर्दै हरियाली बाताबरण बनाउने र यो कार्यको नक्क्ल गर्दै अरुले पनि आप्mनो क्षेत्रमा यस्तौ कार्य सुरु गरी बाताबरण हरियाली बनाउन सुरु गरुन भन्ने उद्धेश्य सहित सुरु गरेको भट्टले जनाए । बिरुवा रोप्ने मात्र नभई त्यसको संरक्षण, दैनिक पानी हाल्ने र त्यसक्षेत्रमा बारबन्धन गरी सडक बगैचा बनाउने लक्ष्य संस्थाको अभियानमा रहेको भट्टले उल्लेख गरे । उनले यस्ता अभियान सबै संघसंस्था थाल्नु पर्ने बताए ।
अभियान अन्तरगत १३ वार्ड रहेको सिद्धार्थनगर नगरपालिकाको प्रतिनिधित्व हुने गरी बिभिन्न प्रजातिका १३ ठुला बिरुवाहरु रोपिएको थियो । सडकलाई असर नपार्ने बिरुवाहरु रोपिएको छ । अभियानको सुभारम्भ गर्दै नगरप्रमुख हरिप्रसाद अधिकारीले नगरलाई हरियाली बनाउने अभियान सह्रानीय भएको र यस्ता कार्यलाई नगरपालिकाले सधै उच्च प्राथमिकतामा राख्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे । यो कार्यक्रमलाई नगरको सबै वडाहरुमा बिस्तार गर्नु पर्ने बताउँदै उनले नगरपालिका कार्यालयले पनि छिट्टै यो अभियान सुरु गर्ने बताए ।
सिद्धार्थनगरलाई हरित नगर बनाउने कार्यमा सबै नगरबासीको साथ र सहयोग आबश्यक रहेको नगरप्रमुख अधिकारीको भनाई छ ।
यो अभियानमा लुम्बिनी गार्डेन मणिग्रामले प्राबिधिक सहयोग उपलब्ध गराएको छ । लुम्बिनी गार्डेनका सञ्चालनक रमेश पाण्डेले मणिग्राम, नयाँमिल शंकरनगर क्षेत्रमा सफल यो अभियान लुम्बिनीको प्रबेशद्वारका रुपमा रहेको सिद्धार्थनगरमा सुरु भएको र नगरका अन्य भागमा पनि सुरु गर्न आफुले सक्दो मद्धत र प्राबिधिक सहयोग उपलब्ध गराउने बताए ।
हरित सिद्धार्थनगर कार्यक्रममा सिद्धार्थनगर वडा नम्बर ९ का अध्यक्ष शेषकान्त भण्डारी, लुम्बिनी निर्माण ब्यबसायी संघका अध्यक्ष दामोदर शर्मा घिमिरे, अञ्चलपुर युबा क्लबका अध्यक्ष तथा सिद्धार्थ यातायात ब्यबसायि समितीका निबर्तमान अध्यक्ष सूर्यकुमार सारु मगर, अञ्चलपुर टोल सुधार समितीका सल्लाहकार एबं समाजसेबी खडानन्द अर्याल, संस्थाका ंसस्थापक सल्लाहकार तथा प्राध्यापक भरत पोखरेलले राम्रो कामको थालनी भएको र छिट्टै आफनो घर तथा संस्था वरपरका क्षेत्रलाई हरित बनाउने कार्य थालनी गर्ने बताए ।
हेभि ईक्विपमेन्ट ब्यबसायी संघको अध्यक्ष महेश भट्टको सभापतित्व र मनोरञ्जन शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का वार्ड अध्यक्ष दिपक थापा, वडा ५का अध्यक्ष चेत बहादुर क्षेत्री, लुम्बिनी निर्माण ब्यबसायी संघका कोषाध्यक्ष तथा अर्घाखाँची निर्माण सेवाका प्रबन्ध निर्देशक सागर भुषाल, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दिपेश पछाई, सिद्धार्थनगर नगर पालिकाका प्रेस सल्लाहकार प्रकाश न्यौपाने, आमा समुह अञ्चलपुरकी अध्यक्ष राधा देबी अर्याल, निर्माण ब्यबसायीहरु रोशन खनाल, नारायण खनाल, स्थानीयबासी गोपाल गौतम, बिजय नेपाल, साबित्री चौधरी, सरस्वति ज्ञवाली, पुजा भट्ट, दिपेन्द्र श्रेष्ठ लगायतले नगरक्षेत्रलाई हरित बनाउने कार्यमा एकसाथ रहने प्रतिबद्धता जनाए ।














