होलीका लागि अबिर र पिचकारी पनि भारतबाटै

0
48

न्यूज ओके रिपोर्टर। भैरहवा ।  होली पर्व साथै विभिन्न धार्मिक कार्यमा प्रयोग हुने अबिर, केशरी लगायतका रंगहरू स्वदेशमा उत्पादन नुहँदा वार्षिक करोडांै रूपैयाँ बराबरका अबिर, केशरी लगायतका रंगहरू भारतबाट खरिद गरिदैं आएको छ ।
यस्ता रंगहरू उत्पादन गर्ने कुनै पनि उद्योग नेपालमा नभएकाले विभिन्न धार्मिक पर्व, घर मन्दिरमा नित्य पुजा गर्दा दैनिक प्रयोग हुने र त्यो भन्दा पनि बढी होली पर्वमा प्रयोग हुने अबिर लगायत रंगको लागि भारत तथा तेश्रो मुलुकसंग निर्भर हुनु परेको छ । उद्योग नहँुदा वार्षिक करोडांै रूपैयाँ बिदेशीने गरेको छ ।
कुनै एकै कार्यक्रममा मात्रै बढी प्रयोग हुने तर अरू समयमा न्यून खपत हुने भएकाले यहाँ अबिर लगायतका विभिन्न रंगहरू उत्पादन गर्ने उद्योग स्थापना नभएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार शर्माले बताए ।
अबिरलगायत विभिन्न रंगहरू होलीमा अत्यधिक प्रयोग हुन्छ तर अरू समयमा खासै प्रयोग नहुने भएकाले यो उद्योग प्रति उद्योगीहरू त्यति आकर्षित भएको पाइएन, अध्यक्ष शर्माले भने । हामीले १६÷१७ वर्ष भन्दा बढी समय भयो, अबिर, केशरी लगायतका सामग्री भारतबाट ल्याएर बिक्री गर्दै आएका छांै, अहिले पनि भारतबाट आउँछ, भैरहवाका व्यवसायी संभु नाथले भने । होलीमा प्रयोग हुने अबिर मात्रै नभई पिचकारी, बेलुन सबै भारतबाट आयात हुने गरेको छ ।
तर पछिल्लो समय पिचकारी, बेलुन चीनबाट समेत आयात हुन थालेको छ । भारतीय सामानका तुलनामा चाइनिज पिचकारी आकर्षक, बढी टिकाउ हुने भएकाले बजारमा यसको माग पनि धेरै रहेको व्यवसायी शम्भु नाथ केशरवानी बताउँछन् । नेपालमा अबिर, केसरी, पिचकारी, बेलुनको उत्पादन नहुने भएकाले भारतबाट आयात गर्नु पर्ने बाध्यता नेपाली व्यापारीहरूमा रहेको छ । अबिर, केसरी लगायत अन्य रंगहरूको माग नेपालमा पर्व र होलीका समयमा मात्र हुने गरेको छ । नेपालमा यी सामग्रीहरू नपाइने हँुदा भारतबाट आयात गरी नेपालमा बिक्री हुने गरेको छ ।
प्रायः व्यवसायीहरूले दिल्लीबाट अबिर लगायतका सामग्री ल्याएर बिक्री बितरण गर्ने गरेका छन् । काठमाण्डौ उपत्यका लगायत पहाडी जिल्लामा यस वर्ष आइतबार (२९ गते) र तराईका जिल्लाहरूमा सोमबार (३० गते) होली पर्व मनाइँदैछ ।

Leave a Reply