११ महिनामा ५७ अर्ब ६३ करोड ९३ लाख राजस्व संकलन

न्यूज ओके रिपोर्टर
भैरहवा  ।भन्सार कार्यालय भैरहवाले चालु आर्थिक बर्ष २०७३÷७४का लागी भन्सार बिभागले तोकेकोे राजस्व लक्ष्य समय भन्दा १ महिना अगाडीनै पुरा गरेको छ । बिभागले यो भन्सार कार्यालयलाई दिएको लक्ष्य ११ महिनामै पुरा गर्न सकेका छौ, कार्यालयका प्रमुख भन्सार अधिकृत भुपाल राज शाक्यले भने । चुस्त भन्सार प्रशासन, कर्मचारीको काम प्रति लगाव र चोरी निकासी नियन्त्रणमा ससस्त्र राजश्व प्रहरीबलको सकृयता जस्ता कारणले राजस्व संकलन बढन गई तोकिएको समय भन्दा अगाडीनै लक्ष्य पुरा गरेको शाक्यले उल्लेख गरे ।
भन्सार विभागले आर्थिक वर्ष २०७३/०७४ मा यो कार्यालयलाई कुल ५७ अर्ब ३४ करोड ४० लाख रूपैया लक्ष्य दिएकोमा ११ महिनामै असुली गरेको हो । कार्यालयका अनुसार ११ महिनामा ५७ अर्ब ६३ करोड ९३ लाख रूपैयाँ राजस्व संकलन भएको छ । जुन लक्ष्यभन्दा २९ करोड ५३ लाख अर्थात दशमल बाउन्न प्रतिशतले बढी हो । यो लक्ष्य संसोधति हो । बिभागले तिन पटक लक्ष्यलाई बढाएर ५७ अर्ब ३४ करोड पुरयाएको थियो ।
कार्यालयले भन्सार महशुल तर्फ २३ अर्ब २९ करोड ५३ लाख ५ हजार लक्ष्य (एक बर्षका लागी) रहेकोमा २४ अर्ब १२ करोड ३४ लाख ७१ हजार संकलन गरेको छ । त्यस्तै गरी मुल्य अभिबृद्धी कर तर्फ बार्षिक लक्ष्य २५ अर्ब ३२ करोड ६५ लाख ११ हजार रहेकोमा ११ महिनाको अबधिमा २० अर्ब ४४ करोड ४९ लाख ८१ हजार असुली गरेको कार्यालयका सूचना अधिकारी गोपाल भट्टराईले जानकारी दिए ।सोही अबधिमा अन्त शुल्क तर्फ ८ अर्ब ७२ करोड २१ लाख ९९ हजार रहेकोमा १३ अर्ब ७ करोड ३ लाख ९ हजार असुली गर्न सफल भएको भट्टराईले बताए ।
कार्यालयले असार महिनामा मात्रै करिब ७ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यो भन्सार नाका बिरगञ्ज भन्सार नाका पछि सबैभन्दा ठुलो भन्सार नाकाका रूपमा रहेको छ ।
कार्यालयले गत आर्थिक बर्षमा ५२ अर्ब ९४ करोड १३ लाख रूपैयाँ लक्ष्य पाएकोमा ६१ अर्ब ९१ करोड २३ लाख राजस्व संकलन गर्दा समिक्षा अबधीमा ५६ अर्ब ३६ करोड १३ लाख राजस्व उठाएको थियो । यो नाका हुदै सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ, हलुका सवारी साधन, चामल, मोटरसाइकल, क्लिङ्कर, फ्लाइऐस, एमएस ब्लेड जस्ता औद्योगिक कच्चा सामग्री, टायल मार्बल, खाद्यान्न फलफुल तथा आलुप्याज हुन भने निकासी हुने प्रमुख बस्तुमा जडिबुटी, अदुवा, हस्कतलाका सामग्री, एक्रेलिक र पोलीष्टर स्टेपल यार्न,फेब्रिक सेन्थेटिक हो ।
पछिल्लो समय हलुका सवारी साधन आयातमा भने केही कमी आएको छ । बैंकले अटो लोनमा कडाई गर्दा सवारी साधन आयात केही घटेको छ । दुई बर्ष अघिको मधेश आन्दोलन र नाकाबन्दी पछि बिरगञ्जभन्दा भैरहवाको बेलहिया नाका सहज भएपछि धेरै व्यवसायीले यहीनाकाबाट कारोबार सुरू गरेका थिए । यो नाका अहिले नेपालको लाईफ लाईन नाकाका रूपमा बिकशित भैरहेको छ ।

Leave a Reply