रुपन्देही सदरमुकाम भैरहवामा रहेको बसडिलया शिब मन्दिरमा आज महानपर्ब शिबरात्रीको अबसरमा बिहानै देखि श्रद्धालुहरुको ठुलो घुईचो लागेको छ । मन्दिरमा दर्शनगर्न आउनेहरुको लागी छिटो भन्दा छिटो दर्शन गर्न मिल्ने गरी ब्यबस्था भएको छ । हजारौ श्रद्धालुहरुको त्यहा उपस्थिती छ । मन्दिर परीसरमा ठुलो मेला पनि लागेको छ । सो क्रममा न्यूज ओकेले कैद गरेका केही तस्बिरहरु यँहा पाठक बर्गका लागी प्रस्तुत गरीएको छ । (तस्बिर : मनोरञ्जन शर्मा )














