एती एअर अबतरणका क्रममा दुर्घटना, यात्रुहरु तथा चालकदलका सदस्य सुरक्षित

0
146

एती एअर अबतरणका क्रममा दुर्घटना
यात्रुहरु तथा चालकदलका सदस्य सुरक्षित

न्यूज ओके रिपोर्टर, भैरहवा

गौतमबुद्ध बिमानस्थल भैरहवामा अबतरणका क्रममा क्रममा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।

काठमाण्डौबाट उडेको उडान नम्बर एवाईटी ८९३ को जहाज बेलुका करीब पौने ५ बजे तिर गौतमबुद्ध बिमानस्थलमा अबतरण गरीसकेपछी मोडिने ठाउ पश्चिम दिशाबाट सोझै अगाडी घासे मैदान देखि बाहीर बिमानस्थल सुरक्षा घेरा भत्काउदै बाहीरी सडकको किनाराको नालामा धस्सीन पुगेको छ ।

उक्त बिमान अबतरण गरीसकेपछी पश्चिम दिशाको अन्तिम दिशाबाट जहाज फर्काउने ठाउबाट नफर्किई सोझै पश्चिम दिशामा धसिदै गएको हो । बिमान धावनमार्ग बाट करीब १ सय मिटर अगाडी सम्म गएको छ ।
२९ जना यात्रु र चालक दलका ३ सदस्य जहाजमा थिए । दुर्घटना ठुलो भए पनि बिमानमा सवार केहीलाई सामान्य चोट लागेको छ । सबै यात्रुहरु तथा चालकदलका सदस्य कुशल छन् ।

दुर्घटना लगत्तै नेपाली सेना,बिमानस्थलका सुरक्षा अधिकारी लगायतले उद्धार गरेका थिए । यात्रुहरुलाई तत्कालै स्वास्थय परीक्षणका लागी युनिभर्शल मेडिकल कलेज लगिएको थियो ।

प्रहरीका अनुसार जहाज सवार पाँचजना यात्रु सामान्य घाइते भएका छन् । यति एयर भैरहवा स्टेशनका प्रबन्धक अनुज प्रधानले घटनामा सबैजना यात्रु र चालक दलका सदस्यहरु सुरक्षित रहेको बताउनु भएको छ ।

Leave a Reply