स्वार्थ भन्दा माथि सेवा’भन्ने रोटरी अन्तर्राष्ट्रियको मूल मन्त्रलाई आत्मसाथ गर्दै बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर स्थापना भएको ‘रोटरी क्लब अफ भैरहवा ले शिक्षा, स्वास्थ्य, खानेपानी, लगायतका क्षेत्र मा कार्य गर्ने लक्ष्य सहित अघि बढेको यो क्लबले यही माघ १५ र १६ गते भैरहवाको सिद्धार्थ उद्योग वाणिज्य संघमा बृहत् क्यान्सर शिविर तथा सचेतना कार्यक्रम आयोजना गर्दैछ । उक्त शिविरको तयारी लगायतको विषयमा क्लबका द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक साजन जंग राणासँग न्यूज ओकेले गरेको कुराकानीको सारसंक्षेपः
क्यान्सर शिविर र सचेतना कार्यक्रमको तयारी कस्तो छ ?
क्यान्सर शिविरको सबै तयारी हामीहरूले पुरा गरेका छाँै । यस शिविरका लागि नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर काठमाडांैका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठको नेतृत्वमा २२ जनाको टोली आउने छन् । क्यान्सर शिविर तथा सचेतना कार्यक्रम आयोजना हुने भएपछि यस क्षेत्रका सर्वसाधारण सबै उत्साहित भएको पाएका छाँै ।
कुन–कुन संस्थाले सहयोग गर्देछन् ?
रोटरी क्लब अफ भैरहवाको आयोजनामा हुन गइरहेको यस शिविरलाई नेपाल क्यान्सर सर्पोट गु्रप तथा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर काठमाण्डांैको प्राविधिक सहयोग रहने छ । चिकित्सकदेखि प्राविधिक उपकरण सबै काठमाण्डांैबाट आउनु हुनेछ । त्यस्तै गरी प्याथोलोजीका लागि नेशनल प्याथल्याबले सहयोग गरेको छ भने अन्य विभिन्न स्थानीय संघ संस्था एवं कर्पोरेट हाउसहरू लगायत धेरैले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु भएको छ ।
शिविरमा लक्षित वर्ग कुन–कुन हुन् ?
हाम्रो लक्षित वर्ग भनेको ग्रामिण क्षेत्रका महिला दिदी बहिनीहरू हुनुहुन्छ । उहाँहरूलाई हामीले बढी भन्दा बढी समेट्ने प्रयास गरेका छौँ । जुन महिलाहरूको स्वास्थ्य संस्थासम्म पहुँच पुग्दैन हामी त्यस खालका महिलाहरूलाई समेट्ने प्रयास गरेका छाँै र त्यसमा लागि परेका छाँै, आशा छ बढी भन्दा बढी महिलाहरू सहभागी हुनु हुनेछ ।
शिविरमा कति जना सेवाग्राहीले सेवा पाउने छन् ?
शिविरमा हाम्रो लक्ष्य भनेको एक हजार महिला पुरूषलाई समेट्ने योजना रहेको छ । तर सेवा लिनेहरूको संख्या धेरै बढ्ने अनुमान गरिएको छ । हामीहरू वास्तविक र संकास्पद बिरामीहरू शिविरमा आउनु हुनेछ भन्नेमा ढुक्क छाँै, बढी भन्दा बढीले सेवा लिई क्यान्सर रोग न्युनिकरणमा सहयोग गर्नु हुनेछ, भन्ने अपेक्षा गर्दछांै ।
ग्रामीण क्षेत्रका महिला, पुरूषहरू माझ यो शिविर कसरी पुग्छ ?
ग्रामिण क्षेत्रका महिला पुरूषलाई लक्षित गरी हामीहरू प्रचारप्रसारमा जोड दिएका छाँै । विभिन्न पत्रपत्रिका एफ.एमहरू मार्फत सुचना दिइरहेका छौँ । गाउँ गाउँमा माइकिड. गराएका छाँै भने हामीहरू आफै पनि यसका लागि ग्रामिण भेग तथा अन्य क्षेत्रमा पुगेर प्रचार प्रसार गरी रहेका छाँै ।
शिविर मात्र हो कि उपचार पनि हुन्छ ?
यो शिविर मात्र हो यहाँ परीक्षण मात्र हुन्छ ।
रूपन्देहीमा क्यान्सर रोगको अवस्था कस्तो छ ?
रूपन्देहीमा क्यान्सर रोगको अवस्थाको बारेमा त्यस्तो कुनै तथ्याङ्क त छैन । तर पनि यो जिल्लामा क्यान्सरका बिरामीहरू धेरै रहेको थाहा भएको छ । रोग लुकाउने र सिकिस्त भएपछि उपचारका लागि जाने प्रचलन बढी भएको पनि छ । त्यसैले यकिन तथ्यांक यहाँ नभएको हो । यो रोगको बिरामी कति छन भनेर अब तथ्यांक राख्नुपर्ने समय हो । जसले गर्दा भविष्यमा उपचार पद्धतीलाई बलियो बनाउन सकियोस् ।
शिविरमा आउने एक जना सेवाग्राहीको कति खर्च हुन्छ ?
शिविर निःशुल्क हो ।
निःशुल्क हो भने के–के सेवा पाइन्छ र आर्थिक श्रोत कसरी जुटाउनु भएको छ ?
हाम्रो यो शिविरमा एक जना बराबर लगभग २ हजार रूपैयाँ खर्च पर्न आउँछ जुन रोटरी क्लब अफ भैरहवाले नै बेहोर्ने छ । यस शिविरमा महिलाहरूको पाठेघरको क्यान्सर, बे्रस्ट क्यान्सर, नाक कान घाँटी र पुरूषहरूको प्रोष्टेट क्यान्सरको परीक्षण हुन्छ । यसको खर्च व्यवस्थापन हामी आफै क्लबका सदस्यहरूले सहयोग गरेका छाँै भने यस क्लबका शुभेच्छुकहरूले सहयोग गर्नु भएको छ ।
अन्तमा न्यूज ओके मार्फत् शिविरका बारेमा के भन्न चाहनु हुन्छ ?
यस पत्रिकालाई सबै भन्दा पहिला धन्यवाद भन्न चाहन्छु । साथै यो क्यान्सर शिविरमा सहभागी भएर क्यान्सर रोगको बारेमा जानकारी लिनुका साथै स्वास्थ्य परीक्षण गर्नु हुन सबैमा अनुरोध गर्दछु । शिविरमा आउँदैमा, सचेतना कार्यक्रममा सहभागी हुँदैमा क्यान्सर रोग नै लागेको भनेर बुझनु हँुदैन् । सचेतना कार्यक्रममा क्यान्सर रोगको बारेमा पुर्ण जानकारी गराइने भएकाले तपाईहरूले क्यान्सर रोगको बारेमा जानकारी लिनु भयो भने तपाईले अन्यलाई पनि यो रोगको बारेमा प्रचार गरी क्यान्सर रोग न्युनिकरण गर्न सहयोगी बन्न सक्नु हुने भएकाले पनि तपाईहरू सबै यो कार्यक्रममा उपस्थित हुनु भई कार्यक्रम सफल बनाउनु हुनेछ भन्नेमा विश्वस्त छाँै ।














