ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल,
सिर्जनाशक्ति संसारमा कैल्यै हुँदैन विफल ।” –माधवप्रसाद घिमिरे
साहित्य समाजको दर्पण हो र प्रतिविम्व हो । साहित्यले समाजका हरेक घटनाक्रमलाई विचार, बिम्व र कलाको समायोजनले हाम्रा मूल्य मान्यता, संस्कृति, इतिहास, दर्शन, राजनीति विज्ञान भित्र पसेर सिर्जनाको माध्यमबाट हरहमेशा सचेत आन्दोलन गरिरहन्छ । यही साहित्यको पृष्ठपोषणको रूपमा कार्य गर्नको लागि यस क्षेत्रमा छरिएर रहेका नवोदित साहित्यिक प्रतिभालाई गोलबन्द गर्दै २०६० साल पौष १५ गते भैरहवामा गजलकार डा.घनश्याम न्यौपाने परिश्रमीको समुपस्थितिमा सम्पन्न नवोदित स्रष्टाहरूको भेलाले सिर्जशील साहित्यिक समाज (सिसास) भैरहवामा गठन गरेको हो । जसलाई पहिले अध्यक्ष बनेर सुरज घिमिरे ‘दीपशिखा’ले नेतृत्व प्रदान गर्नु भएको थियो ।
हुन त सिद्धार्थनगरमा यस अघि नै सिद्धार्थ साहित्य परिषद्ले कला, साहित्य, सङ्गीतका क्षेत्रमा आफ्ना गतिविधी निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको छ । स्थापनाको १३ वर्षको अवधिमा सिसासले आफ्ना साहित्यिक गतिविधिलाई कसरी अगाडी बढाइरहेको छ र आप्mना उदेश्यमा कसरी लागि परेको छ भन्ने कुरा साहित्य अनुरागी र पाठकहरूका लागि अभिरूचिको विषय हुन सक्छ । यस समाजले समष्टीगत रूपमा निम्नानुसार गतिविधिलाई निरन्तरता दिइरहेको छ । मासिक सङ्गम स्थापनाकालदेखि नै हरेक महिनाको तेस्रो शनिबार भैरहवामा नियमित रूपमा सम्पन्न हुँदै आएको साहित्यिक संगम केही समय भैरहवा बहुमुखी क्याम्पस प्राज्ञिक विद्यार्थी परीषद्को कार्यालय, दुर्गामन्दिर परिसर, सनसाइन कलेज, लिलाराम मा.वि.(कन्या स्कूल) हुँदै हालैका सङ्गम विगत ५ वर्ष देखि निरन्तर रूपमा सहिद स्मृति पुस्तकालय भैरहवामा १५७ औँ सङ्गम सम्पन्न भइसकेको छ । लोकतन्त्रका लागि स्रष्टाका आवाज मुलुकमा पूर्वराजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नो मुठ्ठीमा लिएपछि राष्ट्रव्यापी रूपमा फैलिएको निरङ्कुशता विरूद्धको आन्दोलन २०६२÷२०६३ लाई सफलतातर्फ पु¥याउन देशका विभिन्न क्षेत्रमा स्रष्टाले खेलेको भूमिकालाई आत्मासाथ गर्दै समाजले २०६२ वैशाख ८ गते बुद्धचोकमा लोकतन्त्रका लागि स्रष्टा आवाज नामक कार्यक्रमको आयोजना ग¥यो । जसमा दर्जनौ स्रष्टाहरूले सहभागिता रहेको थियो । कार्यक्रममा छवि ज्ञवालीको अध्यक्षता र सचिव सुवास यात्रीको सञ्चालन रहेको थियो ।
समाज दर्ता करिब अढाई वर्ष नियमित रूपमा आप्mना साहित्यिक गतिविधिलाई अगाडी बढाउने क्रमसँगै २०६२ सालमा जिल्ला प्रशासन कार्यालय रूपन्देही दर्ता नं. १०३२(०६२÷०६३) मा दर्ता भई विधिवत् रूपमा आप्mना गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।
वार्षिक साधारण सभा तथा अधिवेशन समाजले आप्mना वाषर््िाक गतिविधि, आय विवरण र नेतृत्वको लागि १३ औँ साधारण सभा र छैठौँ अधिवेशन सम्पन्न गरी हाल अध्यक्ष सुवास रिजाल ‘यात्री’को नेतृत्वमा आप्mना गतिविधि सञ्चालन गरिरहेको छ ।
स्रष्टा भेटघाट कार्यक्रम
समाजले यस क्षेत्र भन्दा बाहिर रहेका स्रष्टाहरू बीच पचियात्मक कार्यक्रम सहित भेटघाट र स्वागत कार्यक्रम पनि गर्दै आइरहेको छ ।
बुलेटिन प्रकाशन
समाजले नियमित रूपमा आप्mनो संगममा वाचित स्रष्टाका रचनालाई सिसासले मासिक बुलेटिन मार्फत प्रकाशित गर्ने प्रयास स्वरूप २०७३ भाद्रदेखि फाल्गुनसम्म ७ वटा बुलेटिन प्रकाशित गरेको छ ।
मोती जयन्ती
राष्ट्रका साहित्यिक विभूतिहरूकको जन्मजयन्ती तथा स्मृति दिवस मनाउने र उनीहरूको योगदानलाई चीरस्मरणीय बनाउने समाजको उद्येश्य अनुरूप समाजले निरन्तर रूपमा मोती जयन्तीका दिन विविध साङ्गीतिक गतिविधि गजल साँझ, एकल गजल सन्ध्या (बूँदराना) र मोती सम्मानबाट विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दै आइरहेको छ । हालसम्म मोती सम्मानबाट सम्मानित हुनेहरूमा गजलकार हृदय लेकाली, संगीता आभाष, धनबहादुर गहतराज, कविता रिजाल, दीपक विश्वकर्मा र राजेश चौधरी‘जिज्ञासु’ हुनुहुन्छ ।
सोपान प्रकाशन
समाजले छरिएर रहेका साहित्यिक प्रतिभाका सिर्जनालाई प्रोत्साहन र संरक्षण गर्नका लागि हालसम्म पाँच वटा सोपन अंक प्रकाशित गरिएको छ ।
देउसी भैलो
समाजले कला, साहित्यि र सङ्गीतका पारखीलाई गोलबन्द गर्दै तिहारको अवसरमा देउसी भैलो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
प्रशिक्षण कार्यक्रम
समाजले गजल प्रेमीहरूका लागि दुई पटक गजल प्रशिक्षण कार्यक्रम आयोजना ग¥यो । २०६० र २०६२ सालमा आयोजना गरेको उक्त प्रशिक्षणमा १०६ जना प्रशिक्षार्थीले भाग लिएका थिए । प्रशिक्षकको रूपमा डा.घनश्याम‘ परिश्रमी’, रूद्र ज्ञवाली र रमेश समर्थनको योगदान अविष्मरणीय रहेको छ ।
साहित्यिक वनभोज कार्यक्रम
समाजले रूपन्देही जिल्ला भरीका स्रष्टाहरूसँग सुमधुर सम्बन्ध कायम गर्ने उद्धेश्यले विभिन्न समयमा साहित्यिक वनभोज कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
स्रष्टा विशेष कार्यक्रम
समाजले आप्mना नियमिक मासिक साहित्यिक संगममा दुई वर्षदेखि स्रष्टा विशेष कार्यक्रममा स्रष्टाका साहित्यिक जीवनका आरोह अवरोहहरूलाई विशेष कार्यक्रमको रूपमा प्रस्तुत गर्दै आइरहेको छ । हालसम्म १९ जना विशिष्ट स्रष्टाहरूको कार्यक्रम सम्पन्न भइसकेको छ ।
वार्षिकोत्सव
समाजले हरेक वर्ष सहिद दिवसको दिन माघ १६ गते स्रष्टा सम्मान, पुरस्कार वितरण, कृति विमोचन, खुल्ला कविता प्रतियोगिता र अन्य रचनात्मक कार्यक्रमहरू गर्दै आइरहेको छ । सिसासले सिर्जनशील स्रष्टा सम्मान, सिर्जनशिल एभरेस्ट साहित्यिक पुरस्कार, सिर्जनशिल काजीरोशन साहित्यिक पुरस्कार, छविलाल सिर्जनशिल साहित्यिक पुरस्कार र सिर्जनशिल गङ्गा साहित्यिक पुरस्कार स्थापना गरेको छ । समाजले वर्तमानसम्म प्राज्ञ बूँद राना, बनमाली निराकार, विजय सागर, मुरारि पराजुली, रामेश्वरी पन्त, लक्ष्मीनाथ ज्ञवाली, रामबहादुर श्रेष्ठ, डि.बी.पुन सुरज घिमिरे, छवि ज्ञवाली, खग्रेन्द्रप्रसाद बस्याल, छविलाल न्यौपानेलाई सिर्जनशिल स्रष्टा सम्मान गरेको छ भने १३ औँ वार्षिकोत्सवमा त्रिभुवन बराई, सुनिता चुँदाली र अक्षय कौशल (मोहन)लाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी सिसास र एभरेष्ट फाइनान्स लिमिटेड भैरहवाको सहकार्यमा २०६४ मा स्थापित सिर्जनाशिल एभरेष्ट साहित्यिक पुरस्कार क्रमश ः शशि पन्थी (२०६४), रामचन्द्र भट्टराई (२०६५),गोविन्दराज विनोदी (२०६६), विजयसागर (२०६७), वनमाली निराकार (२०६८), हरिराज शर्मा (२०६९), रूद्र ज्ञवाली (२०७०), डा.घनश्याम परिश्रमी (२०७१), बालकृष्ण भट्टराई (२०७२)लाई प्रदान गरिसकेको छ, भने यस वर्ष २०७३ का लागि कथाकार गुरूदत्त ज्ञवालीलाई समर्पण गर्न गइरहेको छ । सिसास र बाग्लुङका साहित्यिक व्यक्तित्व काजीरोशनको सहकार्यमा २०६४ मा स्थापित भई प्रत्येक दुई÷दुई वर्षमा कृतिका लागि प्रदान गरिने सिर्जनशिल काजीरोशन साहित्यिक पुरस्कार क्रमश ः डा.कुसुमाकर न्यौपाने(२०६६), बासु जमरकट्टेल (२०६८), रेखा सुवेदी (२०७०) लाई समर्पण गरेको छ । सिसास र सि.न.पा.९ निवासी विष्णु प्रसाद÷कमला भण्डारीको सहकार्यमा २०६५ मा स्थापित छविलाल सिर्जनशिल साहित्यिक पुरस्कार क्रमश ःरूद्र ज्ञवाली (२०६५), जीवलाल सापकोटा (२०६६), मोदनाथ शास्त्री (२०६७), रमेश समर्थन (२०६८), माधवप्रसाद पन्थी (२०६९), दलबहादुर गुरूङ (२०७०), राम बहादुर श्रेष्ठ (२०७१), उमेशचन्द्र रिजाल (२०७२) लाई समर्पण गरेको छ भने २०७३ का लागि देवी न्यौपाने ‘धीर’लाई प्रदान गर्ने कार्यक्रम रहेको छ । यसैगरी सिसास र साहित्यिक व्यक्तित्व गङ्गा लिगलको सहकार्यमा २०६९ मा स्थापित सिर्जनशिल गङ्गा साहित्यिक पुरस्कार क्रमश रामेश्वरी पन्त (२०६९), अनुपम रोशी (२०७०), लक्ष्मी शर्मा (२०७१), सोनु गुरूङ (२०७२) लाई समर्पण गरेको छ, भने २०७३ का लागि डा.लक्ष्मी पोख्ररेललाई समर्पण गरिने छ ।
अन्त्यमा, सिसास भैरहवा रूपन्देहीले विभिन्न किसिमका उतार चढावहरूलाई आत्मासाथ गर्दै अग्रज स्रष्टा र उदियमान स्रष्टाको अगुवाइमा आप्mना सिर्जनात्मक गतिविधिलाई यहाँ सम्म ल्याइपु¥याएको छ । विशेष गरी सिसास यो अवस्थासम्म आइपुग्नुमा सक्षम नेतृत्व, कार्यसमिति सदस्यहरू, सल्लाहकारज्यूहरू, विशिष्ट, आजिवन, साधारण सदस्यज्यूहरू र सिसासको नियमित कार्यक्रममा सहभागी हुने सिर्जनशिल स्रष्टाहरूको उचित मार्ग दर्शनले नै सिसासले उत्साह र उत्प्रेरणा प्राप्त गरिरहेको छ । सिसासले १३ वर्षे अवधि पुरा गर्ने क्रममा क्रमशः सुरज घिमिरे, छवि ज्ञवाली, छविलाल न्यौपाने, सुवास रिजाल, नारायणप्रसाद भण्डारी, तेजप्रसाद पन्थ र पुन ः सुवास रिजाल‘यात्री’को अध्यक्षतामा आप्mना साहित्यिक गतिविधिलाई क्रियाशिल बनाउँदै यहाँ सम्म आइपुगेको छ । यस बीचमा हामीलाई नैतिक, भौतिक, आर्थिक सहयोग र सहकार्य गर्ने जिल्ला भित्रका विभिन्न संघसंस्था, विद्यालय परिवार, समाजसेवी, पत्रकार, जि.वि.स. रूपन्देही, सिद्धार्थनगर नगरपालिका लगायतलाई पनि बिर्सन मिल्दैन । यहाँहरूले अहिलेसम्म देखाउनु भएको सहयोग र सद्भावको लागि हार्दिक आभार व्यक्त्त गर्दै यही माघ १६ गते सहिद दिवसका दिन भैरहवामा सिसासले आप्mनो १३ औँ वार्षिकोत्सव आयोजना गरेको हुँदा उक्त कार्यक्रममा उपस्थितिका लागि हाम्रा शुभचिन्तकज्यूहरूलाई हार्दिक आग्रह गर्दछौँँँ । (अध्यक्ष सिसास)













