दुर्गा तिवारी हत्यामा १२ संलग्न

0
63

पाँच मुख्य आरोपित अझै फरार, ७ जना सार्बजनिक

न्यूज ओके रिपोर्टर । भैरहवा । १५ फागुन । एमाले भातृ सस्था युबा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा प्रसाद तिवारीको हत्यामा संलग्नहरुको पहीचान गरी रुपन्देही प्रहरीले सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आईतबार बिहान पत्रकार सम्मेलन गरी हत्यामा संलग्न आरोपितहरु १ दर्जन मध्ये सात जना प्रहरी नियन्त्रणमा रहेकोमा उनिहरुलाई सार्बजनिक गरीएको थियो । मुख्य आरोपित हरुभने अझै फरार रहेका छन् ।

तिवारीको पुस ४ गते दिउसो करीब साढे ३ बजे रुपन्देही जिल्ला देबदह नगरपालिका वडा नम्बर ८ कोलियामार्ग सडकमा हत्या भएको थियो । हत्याका मुख्य आरोपित तथा घटनाका मुख्य योजनाकार देबदह नगर पालिका वडा नम्बर ६का मनोज पुन भन्ने मनोज बुढागमर(२९) रहेको पत्रकार सम्मेलनमा रुपन्देही प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक रबिन्द्र धानुकले बताए । मनोज अहिले सम्म फरार रहेको र छिटै पक्राउ पर्ने दाबी प्रहरीको छ ।

त्यस्तै गरी घटनाको योजनाकारका रुपमा सिद्धार्थनगर नगरपालिकाका विकास भन्ने सोम बहादुर आले (४०) रहेको र उ पनि फरारनै रहेको र बिदेशी भुमिका मनोज संगै रहेको र खोजी जारीरहेको प्रहरीको भनाई छ । त्यस्तै बारा जिल्ला गढीमाई नगरपालिकाका ३० बर्षिय श्याम गुरुङ्ग घटनाको योजनाकार रहेका छन् । घटनामा तिवारी माथि गोली प्रहार गर्ने र घटनाको सुटर भनिएका राजु भन्ने फरार छन् ।

त्यस्तै गरी देबदह ३ कै बर्ष २७।२८का बाबु भन्ने तुल बहादुर सिंजालीले घटनाका क्रममा हातहातियार तथा गोली दिने राख्ने आरोप छ । त्यस्तै देबदह ६ कै ३१ बर्षिय बसन्त बहादुर चापागाईले घटनाको दिन तिवारीको गतिबिधिको निगरानी राखेर मनोज पुनलाई जानकारी गराएको अनुसन्धानमा खुलेको प्रहरी प्रमुख धानुकले बताए । चापागाई प्रहरी नियन्त्रणमा छन् ।

त्यस्तै घटनामा तिलोत्तमा नगर १५ का २७ बर्षिय बुद्धि सागर यादबले मनोज बुढा मगरको निर्देशनमा सागर थापाले ल्याएको बा ५१ प् ८०७३ नम्बरको मोटरसाईकल लुकाई छिपाई केही अघि देखि आप्mनो घरमा राखीदिएको र घटना हुदाको दिन आप्mनो भाई राजेश यादब संग उक्त मोटर साईकल दिई पठाएको आरोप छ ।

त्यस्तै अर्का आरोपित राजेश यादबले घटनाको दिन आप्mना दाईले दिएको मोटरसाईकल रोहीणीपुलमा लगी सागर थापाको जिम्मा लगाएको अनुसन्धानमा देखाईएको छ । उता घटनाका अर्का आरोपित तिलोत्तमा नगर ८ का ३३ बर्षका प्रयास भन्ने खेमानन्द भट्राईले घटनाको दिन बिहान सुटर(गोलि प्रहार गर्ने)लाई लु २८ प २११९ नम्बरको मोटरसाईकलमा राखी रोहीणी पुल सम्म पुरयाएको र घटनापश्चात सुटर तथा सागर थापालाई सोही मोटरसाईकलमा रोहीणीपुलबाट मणिग्राम सम्म र त्यहाबाट सुटरलाई पोखरा तर्फ र सागरको सिम तथा मोबाईल भाचेर पाल्पा हुदै रिडी तर्फ पठाएको पत्रकार सम्मेलनमा बताईयो । आरोपित सागर थापा देबदहकै हुन । त्यस्तै घटनामा धकधई ८ का अंगदथारु, देबदह ९ का २८ बर्षिय ऋषिश्वर कुमालको समेत संलग्नता रहेको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरीले अपराधिक कृयाकलापमा संलग्नहरुको खोजी तिब्र रहेको र केही जालो तोडन प्रहरी सफल भएको भन्दै उद्योगी ब्यापारी, आम नागरीक सबैलाई कसैले पनि डर त्रास धम्की दिएकै भरमा सहयोग तथा चन्दा नदिन र त्यस्ता उपर गोप्य सूचना दिई प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह गरीएको प्रबक्ता एबं प्रहरी नायब उपरीक्षक बेल प्रसाद पाण्डेले बताए ।

दुई फरक काण्डका आरोपित पनि सार्बजनिक

रुपन्देही प्रहरीले आईतबारनै पत्रकार सम्मेलनमा अन्य दुई घटनाको पनि सार्बजनिक गरेको छ । गत असोज १२ गते सिद्धार्थनगर वडा नम्बर ५ बस्ने ३० बर्षिय अरुण कुमार तेलीलाई बेलहिया तर्फ जादै गर्दा दरखसवा नजिकै हतियार देखाई नगद ७ लाख ६० हजार लुटने कार्यमा संलग्न आरोपितहरुलाई पनि सार्बजनिक गरेको छ । यो घटनामा पनि सोम आले मुख्य योजनाकार रहेको प्रहरीको भनाई छ ।

प्रहरीको अनुरोध

सोम आलेको समुहका अधिकांश सदस्यहरु पक्राउ परी सकेको भएता पनि निजले प्रबिधिको फाइदा उठाई उधोग ब्यबसायीलाई धम्काउन सक्ने अवस्था बिद्यमान रहेकोमा सो बाट त्रसित नबनी रकम नदिन हुन एवं निजको सम्बन्धमा प्राप्त कुनै पनि जानकारी प्रहरीलाई उपलब्ध गराउन रुपन्देही प्रहरीले अनुरोध गरेको छ ।

प्रबिधिको प्रयोग गरी संगठित रुपमा आपराधिक कार्य गरीरहेको सन्दर्भमा यो सिंगो नेपाल प्रहरीको नै चुनौती र चासोको बिषय बनेकोले यसतर्फ आवश्यक अनुसन्धान भैरहेको र निकट भविष्यमै उक्त गिरोहका बाँकी रहेका सदस्यहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईने प्रतिबद्धता प्रहरीको छ ।

Leave a Reply