लागत :  पौने सत्र  करोड

न्यूज ओके रिपोर्टर । भैरहवा । रुपन्देहीको चिल्हिया र मैनहिया गाबिसलाई जोडन तिनाउ नदि माथि पक्कीपुल निर्माणको आज शिलन्यास भएको छ । उक्त पुलको लम्बाई १५० मिटर र चौडाई ११ मिटरको साथै पुलको दुबै तर्फ डेढ डेढ मिटरको फुटपाथ हुने छ । पुलमा ४ वटा स्पान रहनेछ । आरसिसि स्ट्रक्चरमा निर्माण हुने पुलको पुलको अनुमानित लागत १६ करोड ७३ लाख ६७ हजार ८ सय ७६ रुपैयाँ रहेको छ । उक्त पुल निर्माण २०७५ असार मसान्त सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । डिभिजन सडक कार्यालय बुटवल मार्फत् पुल निर्माण हुने छ ।

उक्त सोनारेत पुल परियोजनाको रुपन्देही क्षेत्र नम्बर २ का सांसद तथा आपुर्ति मन्त्री दिपक बोहोराले मंगलबार शिलन्यास गरे । शिल्यान्सका अबसरमा मन्त्री बोहोराले निर्माण सम्पन्न पछि यस क्षेत्रका जनतालाई धेरै फाइदा हुने र कृषिउपजहरु भैरहवाको बजारसम्म पु¥याउन निकै सहज पुग्ने बताए ।

पुल नहुदा चिल्हिया र मैनहिया दुबै गाबिसका जनताले धेरै दुख पाएका छन् । सोही ठाउँमा निर्मित झोलुंगे पुलबाट साइकल, मोटरसाइकल र पैदलयात्री ओहोर दोहोर गर्दै आएका छन् भने बस, ट्रक, ट्याक्टर, जिप, रिक्साजस्ता साधनहरु त्यहाँ चल्दैनन् । पुल नहुँदा कृषि उपजहरु बिक्रीका लागि बजारसम्म पु¥याउन निकै कठिन भएको छ । चिल्हिया गाबिस सिद्धार्थनगर संग सिमाजोडिएको गाबिस हो ।

 

Leave a Reply