न्यूज ओके रिपोर्टर । भैरहवा ।
सामुहिक बिद्यालय परीवार रुपन्देहीले आफु सम्बद्ध बिद्यालयका प्राचार्य, उप प्राचार्य हरुलाई ‘गामा’ तालिम दिएको छ ।
गमा तालिम शिक्षकहरुलाई शिक्षाको ब्यबस्थापन र गुणस्तर बृद्धीगर्न दिईने तालिम हो । यस्ले बिद्यालयलाई कसरी कुशल रुपमा ब्यबस्थापन गर्न सकिन्छ भनेर प्रशिक्षणमा सिकाईन्छ ।
गमा तालिम प्रदान गर्न अष्ट्रियाका एक जना बिद्धान प्राफेशर लुडविग काफर सहीतको बिदेशी प्रशिक्षकहरु थिए । प्रोफेशर काफरलेनै गामा प्रशिक्षण पद्धती तयार गरेका हुन् । 
तालिममा खासगरी बिद्यालयका प्राचार्य/ब्यबस्थापकहरुले कसरी जनसम्पर्क सुधार गर्ने, बिद्यालयलाई कसरी चिनाउने, बिद्यार्थीलाई कसरी अध्ययन र खेलकुद प्रति रुचि जगाउने, कसरी बिद्यालयको बिकाशका लागी सूचना र संचार क्षेत्र संग समन्वय गर्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिईएको सामुहिक बिद्यालय परीवारका पुर्ब अध्यक्ष तथा तालिम संयोजक गंभिर गुरुंङ्गले बताए ।गामा तालिममा शिक्षक बिद्यार्थी बिच कसरी प्रेम, एकता सदभाव बृद्धीगर्न सकिन्छ भन्ने बिषयमा समेत छलफल भएको थियो । 
गामा तालिममले बिद्यालयको योजना बनाउने ,निर्णय लिने, संयोजन गर्ने, उत्प्रेरणा जगाउने, संगठन सुदृढ गर्ने, संचार सम्पर्क गर्ने, एकिकरण र द्धन्द ब्यबस्थापन तथा नियन्त्रणलगायतका बिषयमा प्राचार्यहरुको क्षमता अभिबृद्धी गर्ने काम भएकाले गामा तालिम निकै उपलब्धिमुलक भएको सामुहिक बिद्यालय परीवारका अध्यक्ष राजेन्द्र घिमिरेले बताए । प्रशिक्षणमा काफर सहीत सेसिला, च्यो हुन सुन, दापनाम सुन लगायतले तालिम दिएका थिए ।
तालिमले बिद्यालय संचालन र ब्यबस्थापनका लागी निकै मद्धत पुग्ने मिनर्वा बोर्डिंंग स्कुलका प्राचार्य तथा सामुहिक बिद्यालयका पुर्ब अध्यक्ष राजकुमार गुरुंगले बताए ।
यस अघि यस्तै किसीमको तालिम सन् २००५ र २००७ मा सम्पन्न भैसकेको छ । अघिल्लो बर्षका तालिम पछी बिद्यालयहरु बिच बिद्यार्थी तान्ने होडबाजी , अस्वस्थ प्रतिष्पर्धा , बिद्यार्थीले टाई लगाउनै पर्ने जस्ता बाध्यात्मक कुरा केही हटेर गएको तथा सामुहीक खेलको भावना, बिकाश र सहयोगको भावना बढेर गएको प्राचार्यहरु बताउछन् ।
बिहीबार र शुक्रबार गरी २ दिन सम्म सञ्चालन भएको गामा तालिममा १७ बिद्यालयका प्राचार्य, उप प्राचार्य सहभागी रहेको थियो । यस अघि बिहीबार गामा तालिमको उदघाटन गर्दै प्रमुख अतिथी शैक्षिक तालिम केन्द्रका प्रमुख तथा बरीष्ठ प्रशिक्षक मनोज कुमार गैरेले गामा तालिमले प्राचार्य , शिक्षकलाई प्रतक्ष्य फाईदा पुग्ने र बिद्यालय ब्यबस्थापनमा सहज हुने भएकाले यो तालिम बिशिष्ट किसीमको भएको बताए । सो क्रममा एन प्याब्सन रुपन्देहीका अध्यक्ष देब प्रकाश राई, प्याब्सन उपाध्यक्ष अनन्त शर्मा, बिसिएल प्रशिक्षक हिमाल ओझा, सामुहिक बिद्यालयका अध्यक्ष राजेन्द्र घिमिरे, सचिब प्रेम पौडेल, तालिम संयोजक गंभिर गुरुंगले गामा तालिमको महत्वका बारेमा मन्तब्य राख्दै यो तालिमले शिक्षक, बिद्यार्थी, अभिभाबक, बिद्यालय ब्यबस्थापन समुह सबैलाई मद्धत पुग्ने बताएका थिए ।














