सर्बसाधारणले दिनभरी गाई घरमै राख्ने र रातपरे पछी सडकमा छाडिदिने गरेको समेत पाईन्छ । दुध दिदा सम्म घरमै राख्ने र दुध दिन छाडेपछी(थारो) त्यसै छाडिदिने कारणले पनि सडक चौपाया बढेका हुन् ।
न्यूज ओके रिपोर्टर
भैरहवा, ३० असार जिल्ला ट्राफिक कार्यालय रुपन्देही र सिद्धार्थनगर नगर पालिकाले छाडा चौपाया ब्यबस्थापन अभियान सुरु गरेका छन् ।
सडकमा रहेका गाई, गोरु, बाच्छा, बाच्छी लगायतका चौपायालाई नगर पालिका संग सहकार्य गरी एकै ठाँउमा जम्मा गर्ने काम शुक्रबार बिहानबाट सुरु गरेको जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका सई बिष्णु कार्किले बताए ।
सिद्धार्थनगरमा मात्र नभई प्राय सबै स्थानमा छाडा चौपायाहरुको समस्या छ । राजमार्ग, बजार, भित्री बाटोहरुमा छाडा चौपायाका कारणले सडक दुर्घटना हुने गरेको छ, चौपायाका कारण दुर्घटनामा परी यात्रुहरुको ज्यान समेत गएको छ, छाडा चौपायाको बढदो समस्याको समाधानका लागी अभियान सुरु गरेका हौ, सई कार्किले भने ।
जम्मा गरीएका चौपायाहरु दाबी गर्न नआए कान्जीहाउसमा पठाउने गरीन्छ । चौपाया दाबी गर्न आउनेलाई संझाउने, नसिहत दिने र जरीबाना तोकिन्छ । सर्बसाधारणले दिनभरी गाई घरमै राख्ने र रातपरे पछी सडकमा छाडिदिने गरेको समेत पाईन्छ ।
दुध दिदा सम्म घरमै राख्ने र दुध दिन छाडेपछी(थारो) त्यसै छाडिदिने कारणले पनि सडक चौपाया बढेका हुन् ।
बिगतमा पनि सडक चौपाया ब्यबस्थापन गर्न अभियान सुरु भएका थिए । तर त्यति प्रभाबकारी बन्न सकेको थिएन् । तर अहिले जनप्रतिनिधीहरु पनि भएको अबस्थामा छाडा चौपाया ब्यबस्थापन सहज हुने बिश्वास आम नगरबासीको छ ।
शुक्रबार बिहान बाट सुरु गरीएको अभियानमा नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी र ट्राफिक प्रहरी सहभागी थिए ।














