आज उधौली पर्ब, योमरी पुन्हे र ज्यापु दिवस , धुमधाम संग मनाईदै

0
142
न्यूज ओके रिपोर्टर
भैरहवा
आज मंसिर पूर्णिमा देशैभरी उधौली पर्ब धुमधाम संग मनाईदैछ । किराँत धर्मावलम्बीहरुले यो पर्ब बिशेष रुपमा मनाउने गरेको पाईन्छ । किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भएको दिन मानिन्छ । स्वदेश तथा बिदेशमा रहेका किराँत धर्मावलम्बीहरुले आज परम्परागत भेषभुषा लगाएर , सार्वजनिक स्थलमा भेला भएर “सोई साई ला एएएएञ्ञ्ञ्ञ्ञ्“ ’हुर्रे हा हा , सोई ढोले सोई एएए अर्को ढोले खै?’ भन्दै पारम्परीक ’साकेला’ नृत्य प्रस्तुत गर्ने चलन छ ।
किराँतहरुको धार्मिक पुस्तक ’मन्धुम’मा एक समग्र वर्षलाई दुई भागमा विभाजन गरिएको छ, उगौली र उधौंली । चराहरुको बसाइसराइलाई आधार मानेर वर्षलाई दुई भागमा विभाजन गरिएको उल्लेख छ । उगौली अथवा उँगो भन्नाले नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उधौंली अर्थात उँधो भन्नाले तल भन्ने बुझाउँदछ । तयसैले हिमालय पर्वत श्रृंखलाहरुको लेकतिर बसोवास गर्ने किराँतहरु जाडोको याममा बेशी अथवा तलतीर झर्ने र क्रमशः न्यानो बढेसंगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचकको रुपमा लिने गरीएको छ । यही सूचक अनुसार यो पर्बलाई मनाउने गरीएको जनबिश्वास रहीआएको छ ।
। आजको दिन किराँतिहरुले पवित्र भुमीकोे पूजाका रुपमा पनि लिने गरेका छन् ।
भुमी अर्थात माटोको श्रद्धाकासाथ पूजा अर्चना गर्दै यस वर्षको अन्नकालागि भगवानलाई धन्यवाद दिंदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थना समेत गर्दछन् । आजका दिन सरकारले सार्बजनिक बिदा पनि दिएको छ ।

योमरी पुन्हे

आजको दिनलाई नेवार समुदायले योमरी पुन्हेको रुपमा पनि मनाउछन् ।
नेवार समूदायमा प्रचलित कथाहरूका अनुसार योमरि देखा परेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिंडि रहेका हुन्छन् । यसरी भेष बदलेर हिंडिरहेका बटुवा कुवेरबारे थाहै नभएपनि उनलाई सत्कारपूर्वक सप्रेम योमरि खान दिएको कथा उल्लेख छ । कुबेर यो सत्कारबाट प्रसन्न भई खानदिनेलाई धनधान्य सहीत अपार वरदान दिएको बिश्वास गरीन्छ । आज काठमाण्डौ उपत्यका लगायत देश बिदेश भरी छरिएर बसेका विविध प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरि पुन्हि मनाउँदैछन् ।
योमरि पुन्हिलाई नेवार समुदायले कृषी संग पनि जोडेका छन् । आजका दिनबाटै औपचारीक रुपमा धान काट्ने कार्य सम्पन्न भएको मानिन्छ । नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरुप बनाएर त्यस भित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरि तयार पारिन्छ । योमरि अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झै योमरिलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले अत्यन्त पौष्टिक तथा स्वास्थयबर्धक मानिन्छ ।
योमरिको त्रिकोणत्मक आकारले षटकोणको अर्धभागको रुपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रुपमा लिइन्छ । पानीको देवताकारुपमा काठमाण्डौवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरि चढाउने परम्परा छ ।आजका दिनलाई नेवार समुदायले ज्यापू दिवसका रुपमा पनि मनाउने गरेका छन् । नेवा संस्कृति, संङ्गीत, बाजागाजा, भेषभूषा तथा एकता जस्ता पारम्परीक महत्वका अमूल्य धरोहरको जगेर्नाका साथै नयाँ पुस्तामा यसको ज्ञान समेतकालागि हरेक वर्ष काठ्माण्डौ उपत्यका लगायतका नेवार समुदाय ले आज ज्यापु दिवस मनउछन् ।

Leave a Reply