सेवा विकास बैंकको बासाबसहीमा शाखा

0
29

न्यूज ओके रिपोर्टर
बुटवल ।

सेवा विकास बैंकले १४ औं शाखा नवलपरासीको बासाबसहीमा स्थापना गरी कारोबार सुरुगरेको छ । उक्त शाखाको उदघाटन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका मुख्य ब्यबस्थापक रेवती प्रसाद नेपालले बैंकका वित्तिय सेवाहरु शहर बजारमामात्र केन्द्रित नभई ग्रामिण क्षेत्र तर्फ पनि बैंकिंग सेवा दिन जरुरी रहेको बताए । बैंकका अध्यक्ष भीम प्रसाद तुलाचनले आफुहरु ग्रामिण क्षेत्रमा समेत सेवा दिईरहेको जनाए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत महेश काफलेले बैंकले हाल सम्म ५ अर्ब ४३ करोड निक्षेप संकलन गरी ४ अर्ब ८३ करोड कर्जा लगानी गर्न सफल भएको बताए ।
नेपाल स्टक एक्सचेन्जबाट क बर्गमा सूचिकृत रहेको यो बैंकले बासाबसही सहीत देशको १४ स्थानमा शाखा कार्यालय तथा ७ स्थानमा एटिएम मेसिनमार्फत ७७ हजार ग्राहकलाई बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply