सिद्धार्थ उबासंघका पुर्ब अध्यक्ष, गिरधारीलाल मित्तलको निधन

0
29
न्यूज ओके रिपोर्टर । भैरहवा ।१५ फागुन । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका(भैरहवा) पुर्ब अध्यक्ष गिरधारी लाल मित्तलको निधन भएको छ । शनिबार राती ९ बजे सिद्धार्थनगर नगर पालिका वडा नम्बर ६ स्थित आप्mनै निबासमा ९४ बर्षको उमेरमा निधन भएको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार शर्माले बताए ।
स्व.मित्तल संघको चौथो अध्यक्षका रुपमा बि.स. २०१७ साल देखि २०२४ सालसम्म ७ बर्ष सम्म पदरमा रहेका थिए ।
सुरुदेखिनै खाद्यान्न तथा तेल ब्यापारमा उनि संलग्न थिए । २०३२ साल तिर धान चामल भारत तर्फ निर्यात हुदा मित्तललपे उसिना चामल बनाई भारतमा निकासी गर्ने गरेको जानकारहरु बताउछन् ।
अहिले पनि यँहाको गल्लामण्डीमा महालक्ष्मी राईस मिल, आयल मिल लगायतका ब्याबसयिक प्रतिष्ठान उन्को छ । मित्तलका ३ छोराहरु सत्यनारायण, बिश्वनाथ र गौरीशंकर मित्तल रहेका छन् ।
मित्तलको ईच्छा अनुसार उन्को अन्तिम कृयाक्रमका लागी परीवारजनले शबलाई आईतबार बाराणसी लगेका छन् ।
संघद्धारा शोक प्रस्ताब
सिद्धार्थ उद्योग बाणिज्य संघ्ले् आप्mना पुर्ब अध्यक्षको निधनमा शोक प्रस्ताब पारीत गरेको छ । संघको आईतबार बिहान बसेको बैंठकले पुर्ब अध्यक्षको निधनमा गहीरो दुख ब्यक्त गर्दै शोक प्रस्ताब पारीत गरेको छ । संघले आप्mना अग्रज एबं मार्गदशर्क अभिभाबक गुमाएको संघका अध्यक्ष राम कुमार शर्माले बताए । मित्तलको निधनले संघ आईतबार बन्द गरीएको छ ।

Leave a Reply