बुद्ध आदर्श कलेज लुम्बिनी क्वाटरफाईनलमा
न्यूज ओके रिपोर्टर । भैरहवा। १५ फागुन। साईग्लोबल एकेडमी क्लबको आयोजनामा आईतबारबाट भैरहवाको सिद्धार्थ रंगशालामा तेश्रो साईग्लोबल टि–२० अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको छ । पहीलो दिनको उदघाटन खेलमा बुद्ध आदर्श कलेज लुम्बिनीले आयोजक साईग्लोबल कलेजको ए टिमलाई २ विकेटले पराजित गर्दै क्वाटरफाईनलमा प्रबेश गरेको छ ।
बुद्ध आदर्शले साईग्लोबलबाट जितका लागी पाएको १०८ रनको लक्ष्यलाई १९ ओभर २ बलमा ८ विकेटको नोक्सानीमा पुरा गर्दै जित हासिल गरेको हो ।
बुद्ध आदर्शको जितमा बिजय सुनारले २३ रनको योगदान गरे भने खुर्सिद अहमदले १८ र लाल बहादुर अधिकारीले १५ रन बनाए ।
साईग्लोबलका शाह आलमले २ तथा कृष्ण कार्कि, अभिशेक ढकाल, रुपेश बास्तोला र मोहम्मद हुशैनले समान एक एक विकेट लिएका थिए ।
यस अघि टस जितेर ब्याटिंग गर्दै साई ग्लोबलले २० ओभरमा ९ विकेट गुमाउदै १०७ रन बनाएको थियो । जस्मा प्रकाश केसीले २१, कृष्ण कार्किm् १८ र अमित यादबले १४ रन बनाएका थिए ।बुद्ध आदर्शका इखलाख अहमदले सर्बाधिक ४ विकेट लिए भने लाल बहादुर अधिकारीले २ तथा दुर्गेश गुप्ता, बिजय सुनार र महेश मिश्राले समान एक एक विकेट लिएका थिए ।
प्रतियोगिता अन्तरगत सोमबारको खेल मणिमुकुन्द कलेज बुटवल र राममणी क्याम्पस मणिग्रामका बिच हुने प्रतियोगिता संयोजक ओम जैशीले जनाए । जैशीका अनुसार प्रतियोगितामा बिजयी टिमले ट्रफी र ३९ हजार रुपैया , उप बिजेता टिमले ट्रफी र २५ हजार रुपैया प्राप्त गर्ने छन् । त्यसै गरी म्यान अफ द सिरीजलाई ३५ सय रुपैया र ट्रफी, उत्कृष्ट ब्याटसम्यान र बलरलाई २ हजार रुपैया नगद र ट्रफी, उत्कृष्ट विकेट किपर र फिल्डरले १५ सय रुपैया र ट्रफी तथा प्रत्येक दिनको म्यान अफ द म्याच खेलाडीले १ हजार रुपैया र ट्रफी पुरस्कार बापत प्राप्त गर्नेछन् ।
खेल अबधीभर एकजना सर्बोत्कृष्ट खेलाडी चयन गरी उस्लाई क्रिकेटका सबै सामग्री भएको किट ब्याग प्रदान गरीने आयोजकले जनाएका छन् । प्रतियोगिता लाई रोचक बनाउन एस पटक देखि प्रत्येक टिमले ४ जना बाहीरका खेलाडी समाबेश गर्न पाउने ब्यबस्था गरेका छन् । प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा केडिया अर्गनाईजेशनको उत्पादन ब्रिज सिमेन्ट रहेको छ भने सह प्रायोजकका रुपमा बुद्ध अबोर्ड एजुकेशन कन्सलटेन्सी प्रालि र सुगम आवास निर्माण प्रालि छन् । 
प्रतियोगिताको साबिक बिजेता मुनलाईट उच्च माबि हो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
खेल पुर्ब आईतबार बिहान साईग्लोबल एकेडमीबाट स्पोर्टस र्याली आयोजना भएको थियो । रयली सिद्धार्थ रंगशालामा पुगेर उदघाटन सत्रमा परीणत भएको थियो । खेलको उदघाटन सांसद आदित्य नारायण कशौधनले गरेका थिए । सो अबसरमा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्ल, क्रिकेट संघका पुर्ब केन्द्रिय सदस्य प्रेम कुमार सेन्चुरी आयोजक क्लबका अध्यक्ष एबं प्याब्सनका केन्द्रिय सदस्य बिष्णु पन्थीले रुपन्देही क्रिकेट प्रतियोगिताको उर्भर भुमी भएको भन्दै प्रतियोगिताहरु निरन्तर आयोजना हुनु पर्ने बताएका थिए ।













