मगर समुदायले बिभिन्न कार्यक्रम गरी मगर दिवस देश तथा बिदेशमा मनाएका छन् । यो दिवसमा आप्mनो सस्कृती झल्कने भेषभुषा सहीत उनिहरु उपस्थित रहेका थिए । ३५ औं मगर एकता दिवस रुपन्देहीको भैरहवा, बुटवल लगायतका क्षेत्रमा रहेका मगर समुदायले पनि बिभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन् ।
नेपाल मगर संघ सिद्धार्थनगर शाखा(भैरहवा)ले पनि बिबिध कार्यक्रम आयोजना गरी यो दिवस मनाएको छ । सो अबसरमा भेषभुषा सहीतको रयाली भैरहवा बजारमा परीक्रमा गरी मगर संघको भवनमा पुगेर बिबिध कार्यक्रम भएको थियो । बाजागाजा सहीतको र्यालीमा युबा, युबती, बृद्ध, बृद्धा, बालबालिका लगायत सबै उमेरका सहभागी थिए ।
तस्बिरमा हेरौ मगर दिवस भैरहवामा यसरी मनाईयो ।













