न्यूज ओके रिपोर्टर। भैरहवा । लिटिल बुद्ध इन्टरनेशनल मन्टेश्वरी स्कूल तथा ट्रेनिङ्ग सेन्टर भैरहवाको चौथो अभिभावक दिवस तथा दोश्रो ग्राजुयशन समारोह सम्पन्न भएको छ । रुपन्देहीको उत्कृष्ट मन्टेश्वरी स्कूलका रुपमा रहेको लिटिल बुद्धले अभिभावक दिवसका अबसरमा विद्यार्थीका बुवा आमालाई मात्र नबोलाई हजुरबुवा/आमाहरुलाई पनि उपस्थित गराई बराबर सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ । 
हाम्रा विद्यार्थीहरु घरमा बुवा, आमासँग सँगै उनीहरुका हजुरबुवा/आमासँग पनि अझ बढी झुम्मिने, खेल्नेसँगै बसेर पढ्ने गर्छन, एक किसिमले भन्ने हो भने हजुरवुवा/आमाको भूमिका आमाबुवाको भन्दा पनि बढी हुन्छ, घरमा आप्ना बुवा/आमा नभएका समयमा हजुरबुवा/आमाले नै आफ्ना नातिनातिनीहरुलाई पढाउने, खुवाउने स्कूल पठाउने, लिन जाने गर्नु हुन्छ, त्यही भएर हामीले कार्यक्रममा ‘प्यारेन्टस डे तथा ग्रान्डप्यारेन्टस डे’को रुपमा मनाउँदै आएका स्कूलकी प्राचार्य उर्मिला शिलवालले बताईन् ।
सो अबसरमा विद्यार्थीहरुले एकल तथा सामूहिक नृत्य, नाटक, चुट्किलाहरु, विभिन्न सांस्कृति झल्काउने नृत्य गीत, लोक गीत, मिश्रित गीत,र्याम्सहरु आकर्षक ढंगले प्रस्तुत गरेका थिए । सो अबसरमा प्रि –टु क्लास उत्तिर्ण भई प्राथमिक शिक्षा (कक्षा १) ग्रहणका लागि योग्य भएका विद्यार्थीहरुको ग्रार्जुयशन कार्यक्रम समेत सम्पन्न भएको थियो । यो कार्यक्रम विद्यार्थीलाई प्राथमिक शिक्षा सुरु गर्न अभिप्रेरित गर्ने वातावरणका लागि गरिएको र यसबाट विद्यार्थीलाई म अब कक्षा १ मा पढ्न योग्य भएको छु भन्ने धारणा बन्ने स्कूलकी उप प्राचार्य रश्मी ज्ञवालीले बताईन् ।
कार्यक्रममा विद्यार्थीलाई पुरस्कृत सम्मानका साथै उत्कृष्ट शिक्षकका रुपमा पुजा राना र नन टिचिंग स्टाफ अन्जु आचार्यलाई प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, बिशिष्ट अतिथि बालरोग बिशेषज्ञ डा. राजु काप्mले, प्यारामाउण्ट उच्च मा.बि.कि प्राइमरी इन्चार्ज पुष्पा रावल, स्कूलका अध्यक्ष बिष्णु पौडेल, उपाध्यक्ष यदु सिलवाल, प्रबन्ध निर्देशक सुदर्शन पौडेल लगायतले पुरस्कृत एबं सम्मान गरेका थिए ।
लिटिल बुद्ध इन्टरनेशनल मन्टेश्वरी स्कूल तथा ट्रेनिङ्ग सेन्टर २०६९ सालमा स्थापना भएको हो । स्थापनाको चार वर्षमै रुपन्देहीको अन्य मन्टेश्वरी स्कूल भन्दा अब्बल देखिएको छ । सैद्धान्तिक भन्दा पनि प्रयोगात्मक प्रणाली मार्फत् विद्यार्थीलाई अध्ययन गराउने, विभिन्न सांस्कृतिक पर्वहरुको बारेमा स्कूलमै बिशेष कार्यक्रम गरी विद्यार्थीलाई जानकारी दिई आप्mनो सांस्कृति, पर्व रहनसहन, भेषभुषाका बारेमा सिकाउने गरिएको प्राचार्य सिलवालले बताईन् ।
स्कुलमा प्ले ग्रुप, नर्सरी, प्रि–१, प्रि–२ र कक्षा १ सम्म पढाई हुने गरेको छ । १ सय जना विद्यार्थी अध्ययनरत छन् । मन्टेश्वरी स्कूल भएकाले कक्षा १ सम्म मात्रै अध्यापन गराउने र विद्यार्थी संख्या पनि यो भन्दा नबढाउने स्कूलको योजना रहेको छ ।














