कांग्रेसद्धारा युनियन सम्बद्ध कर्मचारीलाई सम्मान
न्यूज ओके रिपोर्टर । भैरहवा । १६ फागुन ।नेपाली कांग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गीय सुवर्ण शमसेर राणाको १ सय ७ आँै जन्मजयन्ती रुपन्देही कांग्रेसले बिभिन्न कार्यक्रम गरी मनाएको छ । सो अबसरमा अवसरमा काग्रेस रुपन्देहीले कर्मचारीहरुलाई सम्मान गरेको छ । सोमवार भैरहवामा आयोजित कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन (सघं) मा हालै निर्वाचीत पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरीएको हो ।
कर्मचारी सघंमा हालै निर्वाचीत अध्यक्ष मोहन कुमार नेपाल, उपाध्यक्ष फणीन्द्र पौडेल, महीला उपाध्यक्ष भगवती पन्थी, कोषाध्यक्ष बिन्देस्वर गुप्ता, चन्द्र कान्त सुवेदी तथा सघंका केन्द्रीय प्रतिनिधी भैरब राज जोशी, आधिकारीक ट्रेड युनियनका उपाध्यक्ष चन्द्र कान्त पाण्डे, केन्द्रीय सदस्य बिष्णु बहादुर रायमाझी र अनील कुमार श्रेष्ठलाई सम्मान गरीएको हो ।
सो अवसरमा बोल्दै केन्दीय सदस्य रायमाझीले हालै निर्वाचीत पार्टीको शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेर पार्टीले आफ्ना शुभेच्छुक संस्थाहरु प्रति जिम्मेवारी बोध गरेको बताए ।
सघंका जिल्ला अध्यक्ष नेपालले पहीलो पटक पार्टीले आफुहरुलाई सम्मान गरेको भन्दै धन्यबाद ब्यक्त गरे । नेपाली काग्रेस रुपन्देहीका सभापति एवं सांसद अब्दुल रज्जाकको सभापतित्व, सचिव रामकृष्ण खाणँको सचांलनमा भएको कार्यक्रममा प्रमुख अतीथी पार्टीका पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल, अग्रज नेता बलदेव शर्मा, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, क्षेत्र नं २ का क्षेत्रीय सभापति मातृका प्रसाद यादव, जिल्ला सदस्य माया गौतम लगायतले बोल्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुर्वण शमसेरले अतुलनीय योगदान पुर्याएको भन्दै संघिय लोकतन्त्रलाई संस्थागत गर्नुनै उनि प्रतिको सच्चा सम्मान हुने बताए । राणाँ परिवारमा जन्मीएर पनि नेपालमा प्रजातन्त्र ल्याउन सुवर्णको ठुलो योगदान रहेको उनिहरुको भनाई थियो ।














