न्यूज ओके रिपोर्टर । भैरहवा, फागुन १६ । नवौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागी रुपन्देही बाट तेक्वान्दो खेलमा सहभागी हुने खेलाडीहरुको छनौट सम्पन्न भएको छ ।
सोमबार जिल्ला खेलकुद बिकाश समिती र जिल्ला तेक्वान्दो संघको आयोजनामा भैरहवा तेक्वान्दो डोजाङ्गमा सम्पन्न छनौटमा रुपन्देहीका १८ बिद्यालयको सहभागिता रहेको थियो ।
छनौट चरणमा पुरुष तर्फ ४४ केजि तर्फ हीमशन कार्कि (आदर्श बिद्या मन्दिर),४८ केजि तर्फ पवन पछाई र ५१ केजिमा भैरहवा नमुना उच्च माबिका पिताम्बर आले सफल भए ।
त्यस्तै गरी महिला तर्फ ४२ केजितर्फ बेलहिया माबिकी पुजा तुहारा, ४४ र ४६ केजितर्फ कालिका माबिका चन्दा घर्तिमगर र सृजना खडगी छनौट भएको जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश मान राजभण्डारीले बताए ।













