दुनोट बेचेरै दैनिक दुई हजार आम्दानी

0
50

सुदन बेल्बासे । बुटवल । पछिल्लो समय रोजगारीका लागि भारत सहित अन्य खाडी मुलुकमा दैनिक १ हजार देखि १५ सय युवाहरू गइरहेको सन्दर्भमा स्वदेशमा बसेर पनि केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण वनेका छन् बुटवल १३ प्रगतिनगर निवासी विष्णु प्रसाद कोइराला ।
आज भन्दा करिव २८ वर्ष अगाडी गुल्मी जिल्लाको नयाँ गाउँ गा.वि.स.मा जन्मेका विष्णु नेपालमै बसेर पनि जिविका पार्जन गर्न सकिने बताउँछन् ।                          ५वर्ष अघि बुटवल १३ प्रगतिनगर रङ्गशाला रोडमा सानो होटल खोलेका उनीलाई आजभोली ग्राहकलाई सेवा सुविधा दिनको लागि भ्याईनभ्याई छ । उनको पसलमा विहानै देखि दुनोट खाने तथा नास्ताको लागि लैजानेको भिडभाड हुन्छ । होटलमा अरू नास्ताको साथसाथै विशेषरूपमा दुनोट नै बिक्री हुने उनी वताउँछन् ।
विद्यालय स्तरको पढाई सकेर वुटवल झरेका उनलाई सुरूमा कस्को प्रेरणाले यतातिर लाग्नुभयो भनेर सोध्दा हाँसीहाँसी जवाफ दिनुभयो “मैले काम सिक्नको लागि मुर्गियाको एक मिष्ठान्न भण्डारमा ६ महिना निशुल्क काम गरेको हो ।” हुन पनि म उनको पसल पुग्दा उनलाई दुनोट वनाएर ग्राहकलाई दिन भ्याईनभ्याई थियो । बुटवलमा दुनोट बनाउने कैयौँ होटल भएपनि यहाँको जस्तो दुनोट कहिको पनि नहुने बताउँछन्, दुनोट लिन आउने ५ वर्षदेखिका नियमित ग्राहक उमेश खड्का ।
वि एण्ड वि नास्ता घर नाम राखेका विष्णु भन्छन् आफ्नै जाश तथा जाँगरले गर्दा आफ्नो होटल चलेको बताउँछन् । अहिले उनले त्यहि सानो नास्ता घरबाट आफ्नो ८ जनाको परिवार चलाउनको साथै एउटी छोरीलाई बोर्डिङ स्कुलमा पनि पठाएका छन् । अहिलेका युवाहरू विदेश गएको प्रति उनी असन्तुष्ट छन् । उनी थप्छन्, केही गर्छु भन्ने भावना जोश जाँगर तथा काम प्रतिको लगनशिलता हुने हो भने महिनाको ३०,४० हजार कमाउन खाडि मुलुक जानु नपर्ने बताउँछन् । अहिले तपाईले कति कमाउनुहुन्छ भनेर सोध्दा उनी भन्छन् “खर्च कटाएर दैनिक २ देखि ३ हजार बच्ने बताउँछन् ।”उनको पसलमा उनी सँगै श्रीमतीका साथै एकजना सहयोगी पनि छन् ।
बिहान देखि नै भ्याईनभ्याई हुने उनकी श्रीमती पनि बताउँछिन । अबको योजना के छ भनेर सोध्दा उनले भने पसललाई अझै विस्तार गरी गुणस्तरीय सेवा सुविधा दिने हो । मेरो पसल बुटवलकै सस्तो पसल हो भनि दाबी गर्ने उनी दुनोट लिनको लागि देविनगर साथै कालिकानगरबाट पनि ग्राहक आएको बताउँछन्, एकपटक आएको मान्छे फेरी पनि खोजी खाजी आउने बताउँछन् । त्यस्तो ग्राहक सन्तुष्ट पार्ने के जादु छ भनेर सोध्दा उनी सेवामा गुणस्तरीता नै हो भन्छन् बिहानै चार बजे देखि दैनिकी सुरू हुने उनलाई वेलुका दश बजेसम्म व्यस्त हुने गर्दछन् ।
दुनोटका साथै उनको पसलमा चाउमिन, मःम, समसा मोटर, पकौडाका परिकार पनि पाइन्छ । गरे के हँुदैन भन्ने सिद्धान्त बोकेका उनी आफ्नो व्यवसायबाट सन्तुष्ट छन् । सबै हामी नेपाली युवाले विदेशमा गई दुःख पाउनु भन्दा नेपालमै बसेर पनि धेरै प्रगति गर्न सकिन्छ भन्ने गतिलो युवा पात्र बनेका छन् ।

Leave a Reply