संगत नै त रहेछ : गंगा अभिलाषी

0
37

यो अमूल्य मानव जीवन जस्तो संगत गयो त्यस्तै त हुँदो रहेछ यस्तै मेरो जीवनको दुई खड्किलो बाल्यकाल र यौवन अवस्था पुग्दा नपुग्दै वैवाहिक जीवनको प्रवेश गरियो । आफ्ना घरपरिवारमा सिमित भइयो । वैवाहिक जीवनमा प्रवेश गरेको झन्डै दुई तीन दशक पश्चात् साहित्य सिर्जनामा रम्ने अवसर प्रात्त भयो । त्यसको निम्ति समयलाई धन्यवाद जुन मेरो बाल्यकाल देखिको इच्छा थियो । सिर्जनाको गोरेटोमा रम्ने क्रममा २०५९ सालमा स्थापित सिर्जनशील साहित्यिक समान रूपन्देहीमा आवद्ध हुने सुवर्ण अवसर पाइयो । केहि समय यता उपाध्यक्ष पद ग्रहण भएको छ । त्यस्तै २०६८ सालमा स्थापित लुम्बिनी वाङ्मय प्रतिष्ठान रूपन्देही जिल्लाको उपाध्यक्ष पद पनि आएकि छु साहित्यको यात्रामा लड्खराउँदै पाइला चाल्ने क्रममा एक दशक भित्र सम्मानित तथा पुरस्कृत हुने सुर्वण अवसर प्रात्त भयो । त्यस्तै राष्ट्रकै यस समाजकै धेरै गौरबशाली, वैभवशाली गरिमामय साहित्यिक व्यक्तित्वहरूसँग पनि सुपरिचित हुने अवसर मिल्यो । आफूलाई अत्यन्तै गौरव महसुश गरेकि छु ।
आफ्नो पद समाल्ने क्रममा कहिलेकाही सिसासको निमियत कार्यक्रममा अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षको नाताले सभाध्यक्ष कार्यभार समाल्ने अवसर पाइन्छ । यसै क्रममा वरिष्ठ साहित्यकार वनमाली निराकार, गङगा लिगल, लता प्रधान र सोनु गुरूङ अन्य स्रष्टाहरूको प्रमुख आतिथ्यमा सभाध्यक्षको भार समाल्ने मौका मिलेको छ । यस्तै क्रममा सिसासद्धारा आयोजित २०७२ सालको मोती जयन्तिमा आदरणिय गजल विद डा.घनश्याम परिश्रमीको प्रमुख आतिथ्य र यो पंक्तिकारको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
यसै अनुरूप लुम्बिनी वाङ्मय प्रतिष्ठानका रूपन्देही जिल्ला अध्यक्ष समाज सुधारक, मनका धनी ऋषि आजादको स्वःइच्छा र निर्मल मनले २०७१ सालबाट नाट्य सम्राट बालकृष्ण समको ११३औं जन्मजयन्तीबाट मेरो संयोजकत्व (अध्यक्षता) मा सम्पन्न गर्ने अवसर मिल्दै आएको छ । २०७१ सालमा वरिष्ठ स्रष्टा देवेन्द्र घिमिरेको प्रमुख आतिथ्यमा रहेको थियो । त्यो समय लगभग एकदर्जन नाटककारलाई सम्मान गरिएको थियो । २०७२ सालमा छन्द कविताहरूलाई सम्मान गरियो । प्रमुख अथिति नारी स्रष्टा कृष्ण देवि शर्माको रहेको थियो । समय अभावले मेरो सभाअध्यक्षतामा रहन सकेन धन्यवाद ज्ञापन गरेकि थिए । यस वर्ष वरिष्ठ स्रष्टा बाग्लुङ्ग निवारी वरिष्ठ स्रष्टा धौलागिरी साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष काजीरोशनको प्रमुख आतिथ्यमा ११५औँ नाट्य स्रमाट बालकृष्ण समको जन्म जयन्ति यस पंक्तिकारको सभाध्यक्षमा सम्पन्न हुने मौका पाइयो । उहाँ विशेष माघ २५ गतेको कार्यक्रममा आउनु भएको थियो । वरिष्ठ समाजसेवी गणेशमान सैंजुको ४५ दिनको पुन्यतिथिमा ।
यसै क्रममा मलाई पनि उहाँसँगै बुटवल तीन दिनसम्म जाने हाउने क्रम मिल्यो यसै क्रममा लुम्बिनी खबरका सम्पादक नरेश के.सी पत्रकार, त्रिभुवन पाण्डे, दिपेश पछाईसँग कार्यालयमा भेटघाट भयो । बालकृष्ण समको सम्झनामा कार्यक्रम माघ २८ गते बुटवल न्यूइरा होटलमा सम्पन्न भएको थियो । प्रमुख अतिथिबारे ऋषि आजाद अध्यक्षलाई जानकारी गराए । उहाँको निमन्त्रणलाई सहर्ष स्वीकार गर्नुभयो । हाम्रो कार्यक्रमको शोभा बढाइदिनुभयो । यस कार्यक्रममा लगभग ३५ जनाको उपस्थिति रहेको थियो । यस कार्यक्रममा विशिष्ट आतिथ्यता यस संस्थाका संस्थापक हिमलाल ज्ञवालीको रहेको थियो । यस गरिमामय कार्यक्रममा वरिष्ठ स्रष्टा द्धोय अजम्बर ध्वज खाती, जंग बहादुर शाह, शान्त राम गिरी, गणेश उच्चै, लक्ष्मण ज्ञवाली, दुर्गा पौडेल, विकास के.सी, लाल बहादुर, सागर के.सी, तुलसी घिमिरे ‘पुष्प’ पुन्य प्रसाद, दिपक ज्ञवाली, एचबि रम्तेल, सुनिता चुँदाली, शिव व्यासी, यसलाल सुवेदी, खुमा तरामु मगर, कविराज पौडेल, ऋषि आजाद पत्रकार बालकृष्ण चापागाई, पुरूषोत्म कडेलहरूबाट रचना वाचन तथा शुभकामना मनतव्य रहेको थियो ।
त्यसैगरी वरिष्ठ समालोचक हुमाकान्त पाण्डेद्धारा बालकृष्ण समको विषयमा विस्तृत जानकारी प्राप्त भयो । प्रमुख अतिथि ज्यूले आफु २०÷२१ वर्षको उमेरमा बालकृष्ण समलाई उहाँकै निवासमा गई भेट गरेको कुरा स्मरण गर्नु भयो । आफु कुनै ठुलो स्रष्टा नभएको भन्दै यस प्रतिष्ठानले यस कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्ने मौका दिएकोमा मुरी मुरी धन्यवाद दिनुभयो । साथै प्रतिष्ठानको प्रगतीको कामना गर्नुभयो । प्रतिष्ठानको तर्फबाट प्रमुख अतिथिलाई मायाको चिनो बालकृष्ण सम स्रष्टाको तस्वीर प्रदान ग¥यौ । कार्यक्रम तीन घण्टाको समय अवधिमा समापन भयो । यस गरिमामय एंव पवित्र कार्यक्रमको सञ्चालन पहिलो चरणमा पुरूषोत्म पाण्डे (जिल्ला उपाध्यक्ष) दोस्रो चरणमा लुम्बिनी एफ.एम. सिर्जनाका स्वरहरू प्रस्वता कृष्ण गाउँलेबाट कुशलताका साथ सञ्चालन भयो । स्वागत प्रतिष्ठानका जिल्ला अध्यक्ष ऋषि आजादले गर्नुभएको थियो ।
अन्त्यमा सभाध्यक्षको नाताले यो पंक्तिकार सम्पूर्ण साहित्यिक मनहरू आफ्नो अमूल्य समय यस पवित्र कार्यक्रम प्रति समर्पित भइदिनु भएकोमा हार्दिक आभार प्रकट साथै मुरी मुरी धन्यवाद दिन चाहन्छु । आज म साहित्यको गोरेटोमा ताते ताते गर्दै आएकि छु । मान्यजन स्रष्टाहरूको मिठो सामिप्यतामा रम्ने सुर्वण अवसर पाएको छु । अतः गत दश वर्ष अघिबाट परिचित बाग्लुङ्ग निवासी वरिष्ठ स्रष्टा काजीरोशन ज्यूको प्रमुख आतिथ्यमा र यो पंक्तिकारको सभाध्यक्षतामा यो कार्यक्रम सम्पन्न गर्ने अवसर प्राप्त भएकोमा यस प्रतिष्ठाका जिल्ला अध्यक्ष ऋषि आजाद ज्यूलाई हृदय देखि धन्यवाद । आज यस्तो संयोग जुट्नु भनेको जस्तो संगत त्यस्तै फल रहेछ भन्दा फरक नपर्ला नि हैन त पाठक विद कि कसो ?

Leave a Reply