रोटरी क्लब अफ भैरहवा द्धारा क्यान्सर शिबिरको प्रतिवेदन बितरण : दुई जना क्यान्सर बिरामीको निशुल्क शल्यक्रिया सम्पन्न

0
79
न्यूज ओके रिपोर्टर ।  भैरहवा । २२ फागुन ।  रोटरी क्लब अफ भैरहवाले गत माघ दोश्रो साता भैरहवामा सञ्चालन गरेको निशुल्क क्यान्सर शिबिर तथा सचेतना कार्यक्रममा सहभागी भएकाहरुको प्रतिवेदन हस्तान्तरण गरेको छ । क्यान्सर शिबिरमा महिला र पुरुष गरी १ हजार २ सय १६ जना सहभागी भएका थिए । परीक्षणमा सहभागी मध्ये ३ जनालाई क्यान्सर रोग भएको पहिला नै प्रमाणित भइसकेपछि उपचार सुरु भइसकेको र एक जना संकास्पद रहेकोमा बायोप्सी गरेपछि भए नभएको थाहा हुने प्रतिबेदन आएको रोटरी क्लब अफ भैरहवाका अध्यक्ष राजकुमार गुप्ताले बताए ।
सुरुकै परीक्षणमा तीन जना क्यान्सर रोगको बिरामी फेला परेका थिए । ति मध्ये ब्रेष्ट क्यान्सर(स्तन क्यान्सर) भएका रुपन्देही र दांगका गरी दुई जनाको रोटरी क्लब अफ भैरहवाको अनुरोधमा नेपाल क्यान्सर अस्पताल भक्तपुरमा निशुल्क शल्यक्रिया सम्पन्न भइसकेको अध्यक्ष गुप्ताले जानकारी दिए । एक जना महिलाको पनि रोगको संका छ, अब बायोप्सी परीक्षण गरिसकेपछि थाहा हुने भएकाले त्यसका लागि पठाउँछौ, प्रतिबेदन बिरतण कार्यक्रमा अध्यक्ष गुप्ताले भने ।
शिबिरमा परीक्षणका लागि आएका १ हजार २ सय १६ जना मध्ये ६ सय १६ जनाले प्याप परीक्षण गराएका थिए । प्याप परीक्षण पाठेघरको मुखको क्यान्सर छ छैन भन्ने पत्ता लाग्ने परीक्षण हो । प्याप संगै स्तन क्यान्सरको परीक्षण समेत धेरै महिलाले गरेका थिए । ता पनि प्राय महिलाले पाठेघर प्रति सचेत भई प्याप परीक्षण त्यतिबेला गराएका थिए ।
प्याप परीक्षणपछि मात्र अन्यलाई क्यान्सर छ या छैन भन्ने जानकारी थाहा हुने भएकाले शिबिरमा प्याप परीक्षणका लागि नमुना संकलन गरी परीक्षण गरिएकोमा एक जना संकास्पद बिरामी फेला पर्नु भएको र उहाँको बायोप्सी परीक्षण गरिसकेपछिक्यान्सर भए नभएको थाहा हुने तथा बाँकी सबैको रिपोर्ट राम्रो रहेको भन्दै क्यान्सर न्यूनिकरणका लागि सचेतना कार्यक्रम, जनचेतनामा, बृद्धि खानपानमा ध्यान दिने नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर काठमाडौंका सिनियर अन्कोलोजिष्ट चिकित्सक डा. अञ्जु श्रेष्ठले प्रतिबेदन बितरण कार्यक्रममा बताइन् ।
सो अबसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले रोटरी क्लब अफ भैरहवाले जनहितकारी कार्यक्रम आयोजना गरेकोमा सह्राना गरे ।
ब्रम्हकुमारी इश्वरीय बिश्वबिद्यालय पश्चिम क्षेत्रिय कार्यालय भैरहवाकी प्रमुख शान्ति दिदी, क्यान्सर सपोर्टींग ग्रुपका दिलीप भटट्राई लगायतले निशुल्क क्यान्सर रोग शिबिर तथा सचेतना कार्यक्रमले रुपन्देही मात्र नभई वरपरका जिल्लाका महिला पुरुषलाई फाइदा भएको भन्दै यस्ता कार्यक्रम निरन्तर गर्नु पर्नेमा  जोड दिएको कार्यक्रमका संयोजक रोटरी क्लबका उपाध्यक्ष मनिष भटट्राईले न्यूज ओकेलाई बताए । कार्यक्रमको सञ्चालन संगम न्यौपानेले गरेका थिए । 
नेपालमा महिलाहरुमा स्तन तथा पाठेघरको क्यान्सर तथा पुरुषमा आन्द्रा, मुख, फोक्सोको क्यान्सर धेरै जनामा देखा परेको बताउँदै समयमै क्यान्सर रोगबारे पहिचान गरी उपचार गर्नु पर्ने चिकित्सकहरुको सुझाब छ । अखाद्य बस्तु, अखाद्य तेल, पोलेको मासु ,सेकुवा, प्लाष्टिक भाडोमा लामो समय राखेको खानेकुरा, बढ्दो औद्योगिकरण, ब्यस्त जीवनशैली, एवम् क्यान्सरबारे जानकारी नराखी जथाभाबी खानेकुरा प्रयोग गर्नाले क्यान्सर रोग लाग्ने संभावना बढी हुन्छ ।

Leave a Reply