सचेत भए आफै सकिन्छ , मृगौला बचाउन

0
101

आज अन्तर्राष्ट्रिय मृगौला दिवस हो । नेपालमा विगतकोभन्दा पछिल्लो समय मृगौला रोगीहरुको संख्या घट्दै गए पनि पूर्णरुपमा भने निस्तेज पार्न सकिएको छैन । रोग लाग्नुभन्दा पनि रोग लाग्नै नदिनु सर्वोत्तम उपाय हो । चिकित्सकहरुले पनि मृर्गौंला जोगाउन व्यक्ति आफै सचेत हुनुपर्नेमा जोड दिन्छन् । यसै सन्दर्भमा मृर्गौंला प्रत्यारोपण गरेर सामान्य नागरिक सरह दैनिकी संचालन गर्दै आएका दुईजना आम नागरीकहरु (कृष्ण प्रसाद पाण्डे र मनिष भट्टराई)स“ग न्यूज ओकेले कुरा गरी उनीहरुकै भनाईका आधारमा यहा“ प्रस्तुत गरेका छौं ।

म (कृष्ण प्रसाद पाण्डे) एउटा मृगौला प्रत्यारोपण गरेको व्यक्ति हो र यो मेरो जीवन दोश्रो जीवन हो भन्दा पनि हुन्छ ।
म भर्खर ३१ बर्षमा प्रबेश गरेको थिए । मलाई सोही बर्ष एपेन्डिक्सले ठुलो दुख दियो । मेरो एपेन्डिक्स बिग्रेर जीवनको अन्तिम समयमा डक्टरको प्रयास र समयमै भएको शल्यक्रियाले बच्न त सफल भए तर जीवनभर पिडा दिने रोगको सिकार हुन पुगे । एपेन्डिक्स बिग्रेकै कारण म मृगौला रोगको शिकार हुन पुगे । मृगौला रोगका कारण थियो एपेन्डिक्स बिग्रिएर फैलिएको विष जस्तै पदार्थ । पहिलो पटक यो रोग लागेको मैले थाहा पाउँदा म आफुलाई संसारको सबैभन्दा दुखी व्यक्ति ठान्न पुगे । जब मैले मृगौला खराब भएको जानकारी पाए । निकै निराश भैसकेको थिए त्यतिबेला ।


मृगौलाको रोग लाग्दा मेरो उमेर जम्मा ३१ वर्ष थियो । अगाडी सिंगो जीवन र पारिवारिक जिम्मेवारी, भर्खर १ वर्षको छोरी र सरल स्वभाविक श्रीमती, बाबु आमाको आशा सम्पुर्ण कुराले मलाई नराम्ररी पिरोल्ने गर्दथ्यो । तर पनि आफुलाई कहिल्यै कमजोर हुन दिईन् । मैले यो रोगको दुई वटा मात्र बिकल्प देखे । त्यो भनेको नियमित डाईलासिस या मृगौला प्रत्यारोपण । मैले सोचे नियमित डाईलासिस त्यति राम्रो होइन, प्रत्योरोपण भनेको जीवन जिउन सकिने उत्तम बिकल्प मैल ठाने । प्रत्यारोपण त गर्ने तर मृगौला दान गर्ने को भन्ने प्रश्नले मलाई पटक पटक बिचलित बनायो । दिदी बहिनी बुवाआमा,भाइको म प्रिय दाजु भाइ हँु भन्ने प्रमाणित त्यतिबेला भयो जब मेरो ठुलो दिदीले (उमेर ३८ वर्षमैं) मलाई आफ्नो मृगौला दिन तयार हुनु भयो र यसमा भिनाजु र भान्जाहरूको अपार माया, स्नेह र उहाँहरूको त्याग नै मेरो जीवनको दोश्रो अध्याय बन्न पुग्यो । भनिन्छ आमा संसारकै सबैभन्दा महान हुन्छन र यो सत्य पनि हो र मेरो जीवनमा त दुई वटा महान आमा हुनु भयो । पहिलो जन्म दिने आमा र दोश्रो जीवनलाई जीउन आप्mनोे शरीरको मृगौला दान दिने आमा अर्थात् मेरो दिदी साक्षात भगवानका रूप हुन् । त्यतिबेलाको समय मलाई अहिले पनि याद छ ,जसो तसो मृगौला प्रत्यारोपणको लागि हामी मानशिक रूपमा तयारी त भयौ तर अगाडी आर्थिक समस्याको बिकराल रूपमा आयो । परीवार, साथीभाई , ईष्टमित्र, काम गर्ने सस्था लगायतको सहयोगमा भारत दिल्लीको गंगाराम अस्पतालमा मृगौला प्रत्यारोपण भयो । त्यसमा ठुलो धनराशी २५ देखि ३० लाख नेपाली रूपैयाँ खर्च भयो । तर पनि यसमा परिवार नातागोता सरसापटी सहयोग रह्यो । र महत्वपुर्ण योगदान म कार्यरत संस्थाका (अर्घाखाँची सिमेन्ट प्रा.लि.)प्रबन्ध निर्देशक राजेश अग्रवाल ज्यूको ठुलो सहयोग रह्यो । तसर्थ म उहाँलाई कर्म दिने बाबुको रूपमा लिने गरेको छु । ४ महिनाको लामो समयपछि काममा फर्किए । धेरै डर त्रास थियो । जीवनमा के हुने हो जस्ता कुराहरू जहिले पनि मनमा खेलिरहन्थे तर मैले कहिल्यै हिम्मत हारिन । श्रीमतीको अथाह माया , स्याहार र दैनिक खानपान साथै उसले गर्ने आमा जस्तो व्यवहारको कारणलेनै नै मेरो जीवनको यो बेलासम्म म एउटा आम मानिस जस्तै तन्दुरूस्त र हट्टाकट्टा छु । नियमित औषधी सेवन र परीक्षण गराई रहनु मेरो जीवनको बाँकी उमेरको प्रकृया हुनेछ । तर पनि मलाई अहिले कुनै समस्या छैन । आम मानिसले जस्तै जिन्दगी मैले अहिले जि रहेको छु ।
वास्तवमा मृगौला प्रत्यारोपण गरेको मानिस आम मानिसले जस्तै जीवन जिउन सक्छ भन्ने उदाहरण म आफैलाई देखाउँन चाहन्छु । बिहान ५ बजे देखि मेरो दिन सुरू हुन्छ । लगभग ८ देखि ९ किलोमिटर मर्निंगवाक( बिहानी हिडाई) त्यसमा पाँच/छ किलोमिटर दौड (रनिंग) समेत हुन्छ । बिहान ९ बजे अफिस जानु र बेलुका ६ देखि ७ बजे सम्म घर पुग्नु मेरो दिनचर्या हो । अर्घाखाँची सिमेन्टको नायब महाप्रबन्धकको दायित्व र कर्तव्य निर्बाह गर्नु र प्लान्ट हेड भएको नाताले दैनिक काममा संलग्न हुनु चानचुने कुरो हैन् । मेरो दायित्व हर सम्भवले भ्याएसम्म न्याय गर्न सकेको छु । त्यसैले म भन्छु रोग लाग्न नदिनु बेस हो । तर रोग लागेर जीवन समाप्त भयो भन्नु भन्दा जीवनलाई सहज बनाउनु पर्दछ । मृगौला प्रत्यारोपण गरिसकेपछि साबधानी धेरै अपनाउनु पर्दछ । जस्तै साझा ताजा खानेकुरा खाने, सागपात बढी खाने, मदिरा सेवन नगर्ने, शरीररको तौल नियन्त्रण गर्ने, सरूवा रोग लागेका मानिसबाट टाढै रहने । चिसो कुराबाट बच्ने, प्रशस्त पानि पिउने, नियमित रक्त परीक्षण गराउने, व्यायाम गर्ने, बासि खाने कुरा खाँदै नखाने र सकारात्मक सोच राख्ने, प्रशस्त निद्रा पु¥याउने साथै नियमित औषधी सेवन गर्ने हो भने आम मानिस जस्तै जीवन जिउन सकिनेछ ।

म (मनिष भट्राई)सामान्य अबस्थामा नै थिए । शरीरमा त्यस्तो रोग ब्याधिको समस्या केही थिएन् । मलाई अहिले पनि याद छ २०५६ सालमा भैरहवाको सुलभ बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । म त्यस संस्थाको उपाध्यक्ष पनि थिए । सो कार्यक्रममा मैले आफै पनि रक्तदान गरेका थिए । त्यति बेलासम्म केही भएकै थिएन् । हट्टाकट्टा जवान थिए । उमेर २६ वर्षको थियो । तर अचानक ३ महिनापछि खुट्टा केही सुन्नियो । पिसाब परीक्षण गर्दा एल्गोबिन क्लबस देखियो । काठमाण्डौं गएर रगत परीक्षण गरेपछि केही कैफियत भेटियो । भर्खरको उमेर, घर परिवार, प्रतिको जिम्मेवार अनि त्यसमाथि देखिएका मृगौला रोगको संकास्पद समस्या । के गर्नु के नगर्नु । मृगौला त्यसैमा आफै महत्वपुर्ण अंग हो र यो बिना जीवन असम्भब छ भन्ने कुरा पढ्दै बुभ्mदै आएको । भारतको मद्रासमा गएर बायोप्सी गरे । त्यहाँ मृगौला खराब भएको प्रमाणित भयो । डाक्टरले भनेको सुन्दा चारैतिर अध्यारै अध्यारो छाए जस्तै भयो । अब जिन्दगी यतिकै रहेछ भन्न थाले । साथीभाइ घरपरिवार आफन्त सबैलाई संझिए । रोग लागे पनि चिन्ता गरे । आफैलाई खान्छ भन्ने थाहा थियो । आफैले आफुलाई सम्हाले । डाक्टरले मृगौला फेर्न मिल्छ, अरूले दान दिएर बाच्न सकिन्छ भनेपछि केही आशा पलायो ।
नेपालमा मृगौला प्रत्यारोपण हँुदैन थियो । मृगौला केन्द्रमा ५ पटक डाइलासिस गराए । भारत मद्रासमै गएर पनि ४ पटक डाईलासिस भएपछि २०५६ सालमा आवश्यक खर्च जुटाएर भारतमै मृगौला प्रत्यारोपण (ट्रान्स प्लान्ट) सफल भयो । मृगौला प्रत्यारोपणपछि अहिले करिब १७ वर्ष भएको छ । सामान्य आम मानिस जस्तै बाँचिरहेको छु । नियमित कामहरू गरिरहेको छ । मैले के महसुस गरे भने मृगौला रोगको सिकार जो सुकै पनि हुन सक्ने रहेछन् । जस्तोकी यो रोग देखा पर्नु अघि ३ महिनासम्म त मलाई केही समस्या नै थिएन ्। त्यसैले म सबै जनालाई सकिन्छ भने प्रत्येक तीन महिनामा सकिँदैन भने ६।६ महिनामा पिसाब परीक्षण गरेर बस्दा धेरै राम्रो हुन्छ । सामान्य मान्छेले पनि आप्mनो खान पानमा ध्यान दिँदा राम्रो हुन्छ । सबैभन्दा महत्वपुर्ण कुरा पिउने पानी सफा हुनु पर्छ । सकिन्छ भने तातो पानी पिउँदा धेरै राम्रो हुन्छ ।
मृगौला बिरामीले डाईलासिस नियमित अथवा ट्रान्सप्लान्ट (प्रत्यारोपण गरेपछि अन्य आम मानिस जस्तै जीवन व्यतित गर्न सक्छ्न् । यसको उदाहरण म आफै छु । मृगौला प्रत्यारोपण गरेको ६ वर्षपछि मैले बिवाह गरे । मेरो वैवाहिक जीवन सफलता पूर्वक अघि बढेको छ । मेरो एउटा छोरा छ । श्रीमती पनि मेरो स्वास्थ्य प्रति सचेत छिन् । त्यसो त म नियमित व्यायाम गर्छु ।
१५ देखि २० किलोमिटर सम्म दैनिक साईक्लिंग गर्छु । त्यसपछि आप्mनै व्यवसायमा दैनिक ८ देखि १० घन्टा सम्म ब्यस्त रहन्छु । त्यसैले म सबै दाजु भाइ दिदी बहिनीहरूलाई के आग्रह गर्न चाहन्छु भने आप्mनो शरीरको नियमित परीक्षण गरिराख्नु पर्छ । मलाई केही रोग अहिले सम्म छैन भनेर नबस्नु होस् । रोगलाग्नु भन्दा पनि रोगलाग्न नदिनु नै राम्रो कुरा हो । त्यसैले मृगौला रोगबाट बच्न खानपानमा ध्यान अहिलेबाट नै दिआँै । बढी चिल्लो खानेकुरा नखाऔं । हाईप्रोटिन युक्त खाना नखाऔं । पानी प्रशस्त पिऔं ।
रोग लागि हालेपनि नआत्तिनु होस् । अहिले मृगौला रोगको उपचार पहिला भन्दा धेरै सजिलो भएको छ । पहिला डाईलासिस गर्न काठमाण्डांै नै पुग्नु पथ्र्यो भने अहिले बुटवलको गौतमबुद्ध मुटुरोग अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल बुटवल तथा भैरहवाको युनिभर्सल मेडिकल कलेजमा डाईलासिस हुन्छ । साथै भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र लगायतका केही अस्पतालमा मृगौला प्रत्यारोपण हुने गरेको छ । भारतमा भन्दा नेपालमा मृगौला रोगको उपचार सस्तो हुने बताइएको छ । मृगौला बिरामीका लागि औषधी महगो छ ।
प्रत्यारोपण गरिसकेपछि नियमित औषधी खानुपर्छ । कम्तिमा पनि प्रत्येक महिना १० देखि १५ हजार रूपैयाँ औषधिमा खर्च हुने भएकाले सामान्य आर्थिक अबस्था भएकालाई निकै गाह्रो हुन्छ ।
त्यसैले सरकारले जसरी अहिले निशुल्क डाईलासिस सेवा उपलब्ध गराएको छ, यो निकै सह्रानिय काम हो, यस्तै गरी मृगौला बिरामीले प्रयोग गर्ने औषधीमा पनि सकिन्छ निशुल्क प्रदान गर्ने ब्यवस्था गरे मृगौला बिरामीहरूलाई धेरै राहत पुग्ने थियो । निशुल्क औषधी बितरण गर्न नसकेपनि कम्तिमा उक्त औषधीमा केही सब्सिडी दिन सकिए पनि मद्धत पुग्छ ।

Leave a Reply