(सिद्धार्थनगर सिटी अस्पताल भैरहवामा रहेर स्वास्थय सेवा प्रदान गर्दै आएको अस्पताल हो । यो अस्पतालले भैरहवाबाट शशुल्क डाईलासिस सेवा प्रदान गर्दै आएकोमा बुटवलमा शाखा स्थापना गरी मृगौला उपचार केन्द्रका बाट पनि डाईलासिस सेवा प्रदान गर्दै आईरहेको छ । अस्पतालले प्रदान गर्दै आएको मृगौला उपचार बिषयमा केन्द्रित रही न्यूज ओकेले अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल संग गरेको कुराकानीको सारसंक्षेप )
सिद्धार्थनगर सिटी अस्पतालले मृगौला उपचार सेवा कसरी प्रदान गरीरहेको छ ? सिद्धार्थनगर सिटी अस्पताल भैरहवाले ३० महिना अघि बाट मृगौला बिरामीहरूको लागी डाईलासिस सेवा (शशुल्क) प्रदान गर्दै आएको छ । भैरहवामा २ वटा डाईलासिस गर्ने मेशिन छ । त्यस्तै गरी बुटवलको मैत्री पथमा पनि अस्पतालको शाखामा मृगौला उपचार केन्द्र स्थापना गरी सेवा सुरू भैसकेको छ । बुटवलमा ४ वटा मेशिन राखेका छौँ । बुटवलमा २०७१ पुस १ बाट सेवा सुरू भएको हो । गत पुस २२ गते बाट यँहा सरकारको निर्णय अनुसार निशुल्क डाईलासिस सेवा सुरू भएको छ । सरकारको निर्णय अनुसार अब आबश्यक प्रकृया पुरा गरेका मृगौला बिरामीहरूले आजन्म डाईलासिस गर्न पाउँछन् ।
कति मृगौला बिरामी उपचारका लागी आउने गर्छन् ? हाम्रो अस्पतालमा जनरल फिजीसियन तथा मृगौला रोग बिशेषज्ञ डां सुबोध पाण्डेको नेतृत्वमा टिम छ । मोफसलमा उत्कृष्ट चिकित्सकका रूपमा डा. पाण्डे रहेकाले पनि बिरामीहरू र अभिभाबक खोज्दै खोज्दै आउदा बिरामीको चाप बढी हुने गरेको छ । पश्चिममा बाके,बर्दिया, सुर्खेत लगायतका स्थानबाट बिरामीहरू आउने गरेका छन् । भैरहवामा मासिक २५० जति र बुटवलमा ३ सय पटक भन्दा बढी डाईलासिस हुने गरेको छ । डा. पाण्डेको नेतृत्वमा करीब २१ जनाको प्राबिधिक टोली मृगौला युनिटमा कार्यरत छन् ।
मृगौला रोगी बढेका छन की घटेका छन् ? पहिलाको तुलनामा मृगौला रोगका बिरामीहरूमा केही कमी आएको हामीले महशुस गरेका छौ । ब्यापक रूपमा जनचेतनामा बृद्धी लगायत, जनतामा सचेतना लगायतका कारणले पनि कमी आएको हो । हाम्रो अस्पतालले पनि बिभिन्न ग्रामिण क्षेत्रहरूमा गएर मृगौला रोग सम्बन्धी निशुल्क परीक्षण तथा शिबिर सञ्चालन गर्दै आएका छौ र यस्लाई निरन्तरता दिन्छौ । म आम सर्बसाधारणलाई खानपानमा ध्यान दिन, नियमित ब्यायाम गर्न, सफा पानि पिउन, बढी चिल्लो खाना नखान आग्रह गर्दछु । साथै समय समयमा स्वास्थय केन्द्र, अस्पतालमा गई रक्त परीक्षण, पिशाब परीक्षण गर्न म अनुरोध गर्न चाहन्छु । यति मात्र गरीएमा मृगौला रोगबाट आफु पनि बच्न सकिन्छ र अरूलाई पनि बचाउन सकिन्छ ।
भविष्यको योजना के छ ? भबिश्यमा मृगौला उपचारलाई सर्बसुलभ र छिटो भन्दा छिटो सेवाग्राहीले सेवा पाउन भन्ने तर्फ हामी लाग्दैछौ । साथै मृगौला उपचार केन्द्र बुटवललाई २५ सैयाको मृगौला अस्पताल बनाउने तयारी सुरू गरेका छौ । अबको २ बर्ष भित्रमा हामीले बुटवलमा मृगौला अस्पताल सञ्चालन गर्दै सेवा बिस्तार गर्छौ । छिटै बुटवलको मृगौला उपचार केन्द्रमा ११ वटा डाईलासिस मेशिन थप गरी १५ वटा मेशिन बाट सेवा दिने तयारीमा हामी छौ ।












