जिल्लामा सञ्चालन भएका जोन, ब्लक र पकेट बारे अभिमुखीकरण :

0
66

भुवन पाण्डे । भैरहवा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ जोन रूपन्देहीले जिल्लामा लागु भएका कार्यक्रमहरूका बारेमा जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
नेपाल सरकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत रूपन्देही जिल्लामा मत्स्य जोन, पकेट र ब्लकका कार्यक्रम लागु गरेको छ । जसका लागि झण्डै २० करोड ६० लाख बराबर रकमको बजेट आएको छ । जिल्लामा पहिलो पटक कृषि क्षेत्रमा ठूलो रकमको बजेट आएकोले धेरै किसानहरूको सहभागिता र कार्यक्रमका बारेमा जानकारी दिन कार्यक्रम सञ्चालन गरेको परियोजनाका सहायक प्रमुख रमेश जेसवालले बताए ।
परियोजना अन्तरगत ५०० हेक्टरमा मत्स्य जोन कार्यक्रम लागु भएको छ, कृषि विकास कार्यालय अन्तरगत १०० हेक्टरमा माछा र धानको ब्लक र १० हेक्टरमा ६० वटा पकेट क्षेत्र रहेने छ । जसमा माछा र धान ३० वटा र अन्य बाली ३० गरेर पकेट क्षेत्र कार्यक्रम आएको परियोजनाले जानकारी दियो । मत्स्य जोन कार्यक्रम १० वर्षका लागि जिल्लामा सञ्चालन हुने छ । १० वर्षका लागि आएको परियोजनामा यो वर्ष १७ करोड ६८ लाख ९९ हजार बजेट विनियोजन भएको छ ।
जिल्लाका ८ गाविसहरू दयानगर पश्चिम अमुवा, मानमटेरिया, सुर्यपुरा, धमौली, कमहरीया, मैनाहिया र हर्नैयामा मत्स्य जोन कार्यक्रम लागु भएको छ । यी क्षेत्रमा यो वर्ष भित्र थप ५ सय हेक्टर नयाँ पोखरी निर्माण गर्नुपर्ने परियोजना इकाइ जोनका प्रमुख मकबुल अलिले जानकारी दिए । पकेट र ब्लकका लागि २ करोड ८९ लाख ८८ हजार बजेट विनियोजन भएको छ । पकेटको कार्यक्रम जिल्ला भरिनै सञ्चालन हुने छ भने २ वटा ब्लक कार्यक्रम अन्तरगत धान– असुरैना र मर्चवार, माछा – सिक्टहन र छोटकी रामनगरमा सञ्चालन हुने छ ।
पकेट र ब्लकको कार्यक्रम ३ वर्ष सम्म सञ्चालन हुने र आवश्यकता हेरेर बढाइने जिल्ला कृषि विकास कार्यालका प्रमुख भोजराज सापकोटाले बताए । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बिनोध प्रकाश सिंहले नेपालको कृषि उत्पादनले भारतीय बजारबाट आउने कृषि बजारसँग प्रतिसपर्दा गर्नु पर्ने बाध्यता रहेको बताए । भारतबाट आउने सस्तो मूल्यको बजारसँग प्रतिस्पर्दा गर्न र कृषिलाई आधुनिकीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले सहयोग मिल्ने प्रमुख जिल्ला अधिकारीले बताए । नेपालको कृषि प्रणाली निर्वाहमुखी भएको बताउँदै अध्यक्ष तथा स्थानीय विकास अधिकारी युवराज सुवेधीले परम्परागत रूपमा गरिदै आइएको कृषिलाई यो परियोजनाले व्यवसायीकरण गर्न सहयोग मिल्ने बताए ।
सरकारले कृषि क्षेत्रमा गरेको लगानीको जति सक्दो फाइदा लिन उनले आग्रह गरे । पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा न्यून बजेट आउथ्यो तर यो वर्ष देखि अत्याधिक बजेट आएको छ, बजेटको राम्रो सदुपयोग गरि सबै कृषि पेशा गर्ने किशानहरू उद्यमीका रूपमा अगाडि बढ्नु पर्ने कृषि विकास समितिका अध्यक्ष समेत रहेका स्थानीय विकास अधिकृत सुवेदीले बताए । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका अधिकारीहरू, अगुवा किसानहरू, कृषि प्राविधिक, पत्रकार लगायतको उपस्थीति रहेको थियो ।

Leave a Reply