‘सुब्बा साब’ दशैमा आउदै

0
483

न्यूज ओके रिपोर्टर, भैरहवा ।

भैरहवा र बुटवलका युवाहरू द्धारा निर्मित चलचित्र  “सुब्बा साब” दशैको समयमा प्रदर्शन हुने भएको छ । निजामती कर्मचारी सुब्बाको जीवनीलाई कथावस्तु बनाइ तयार भएको सुब्बासाब आशुतोष फिल्मस प्रोडक्सन प्रा.लि. र शुभ सक्षम म्युजिक प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रका निर्माताहरू भैरहवाका जीवन अर्याल, राम बहादुर कोइरी, चन्द्रमणी अधिकारी (रामुतथा बुटवलका कुलचन्द्र पाण्डे र हिरामणी न्यौपाने हुन् । चलचित्रका निर्देशक राजु अधिकारी छन् । चलचित्रको धेरैजसो भाग भैरहवा र बुटवल तथावरपर छायांकन भएको छ ।चलचित्र आगामी असोज २१ गते देशभर एकसाथ प्रदर्शन गर्नेतयारी भइरहेको निर्माता जीवन अर्यालले बताए । प्रदर्शन मितिघोषणा एवं तयारीसँगै फिल्मको फष्टलुक पनि सार्वजनिक गरिएको छ । निर्माता अर्यालले चलचित्रले निजामती कर्मचारी सुब्बाको इमान्दारिता र राष्ट्र सेवा अनिसन्तान प्रतिको माया र दायित्वलाई अत्यन्त मार्मिक तरिकाले प्रस्तुत गरिएकाले सबैलेमनपराउने विश्वास व्यक्त गरे । चलचित्रमा जीवन लुँइटेल, सरोज खनाल, गौरी मल्ल, वर्षा शिवाकोटी र जानवी बस्नेत लगायतको अभिनय छ । हिरामणि न्यौपानेको कथा रसंगीत, शर्मिला न्यौपानेको गीत, कमल राई र गोविन्द्र प्रभातकोनृत्य, सञ्जय तुम्रूक, डेबिड,अञ्जु पन्त, मिलन अमात्य  र संयोगयोगीको  स्वर, सुवासदेवकोटाको सम्पादन, मौनताश्रेष्ठको पटकथा तथा संवादरहेको निर्माता रामबहादुरकोइरीले बताए ।

Leave a Reply