न्यूज ओके रिपोर्टर
भैरहवा
हरेक बर्ष जस्तै यो बर्ष पनि सेप्टेम्बर २७का दिन सबैका लागी पर्यटन,बिश्वब्यापी पहुचमा प्रबद्र्धन नारा सहीत ३७ औं बिश्व पर्यटन दिवस रुपन्देहीमा पनि बिभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ ।
३७ औं बिश्व पर्यटन दिवसका अबसरमा सिद्धार्थ एशोसियसन अफ ट्राभल एन्ड टुर्श एजेन्टस साट्टा लुम्बिनी च्याप्टरको संयोजनमा १ दर्जन बिभिन्न संघसस्थाहरुको आयोजनामा स्थलनाका हुदै सबैभन्दा बढी पर्यटक भित्रने बेलहियानाका भैरहवामा सबैभन्दा पहीले नेपाल प्रबेश गर्ने दुई पर्यटकहरुलाई स्वागत गर्दै प्रभातफेरी कार्यक्रम गरीएको थियो ।
नेपाल प्रबेश गर्ने बित्तिकै आफुहरुले सोचेभन्दा बेग्ले आकस्मिक रुपमा स्वागत सत्कार सहीतको आतिथ्यता पाए पछी नेपाल प्रबेश गर्ने दुई जना अमेरीकी नागरीकहरुको खुसीको सिमा रहेन् । अमेरीका लुजियाना राज्यका २८ बर्षिय रस राईलेण्ड र सन फ्रान्सीस्कोका ४४ बर्षिय क्रिश अर्नोल्डलाई बेलहिय नाकामा पञ्चेबाजा बजाउदै पञ्चकन्या सहीतको पर्यटन ब्यबसायीहरुले स्वागत गर्दै कार्यक्रम स्थलमा लगीएको थियो ।
कार्यक्रम स्थलमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाल,साट्टा लुम्बिनी च्याप्टरका अध्यष चन्द्र बहादुर थापा,सिद्धार्थ होटल एशोसियसन सानका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ,उद्योग बाणिज्य संघ सिद्धार्थनगरका बरीष्ठ उपाध्यक्ष डा. शान्त कुमार शर्मा लगायतले माला,अबिर, र ढाका टोली लगाएर स्वागत एबं सम्मान गर्नु भएको थियो । नेपाल राम्रो देश भएको र आफुहरु भ्रमणमा आईरहेको पर्यटक द्धयले बताउदै बिश्वमै सुन्दर देश मध्ये नेपाल पनि एक रहेको र पर्यटन दिवशमा राम्रो आतिथ्यता एबं स्वागत पाएकोमा हर्षित भएको उल्लेख गरे ।
दुबै पर्यटकहरुलाई नेपालको गनतब्य सम्म निशुल्क यातायात र एक रात होटलमा बास तथा भोजनको निशुल्क ब्यबस्था आयोजकले मिलाएका छन्
त्यस्तै गरी बिश्व पर्यटन दिवसको अबसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा प्रबेश गर्ने दुई बिदेशी पर्यटकलाई पनि स्वागत गरीएको छ । लुम्बिनी बिकाश कोषको आयोजनामा भएको कार्यक्रममा ब्रिटिश नागरीक रब्बी इलिईजर तथा थाईल्याण्डकी सुकन्या दोकामी लाई स्वागत गर्दै उपहार दिईएको थियो ।
बिश्व पर्यटन दिवसको अबसरमा रुपन्देहीका पर्यटन ब्यबसायीहरुले आन्तरीक तथा बाह्य पर्यटकलाई आवास तथा भोजनमा २० । २० प्रतिशत छुटको ब्यबस्था गरेका छन् ।













