दशैँलाई नयाँ नोट: सर्वसाधारणलाई आइतबारबाट बितरण हुने

0
133

मनोरञ्जन शर्मा
भैरहवा ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले यो वर्षको दशँै पर्वका लागि नयाँ नोट बितरण आइतबार (१६ गते) बाट सुरु गर्दैछ । सर्वसाधारणका लागि टोकन लिएर लाइनमा बसेपछि सहजै नयाँ नोट पाइने कार्यालयले जनाएको छ । आम सर्वसाधारणको सजिलोको लागि भनेर बिहान १० बजे देखि ४ बजे सम्म कार्यालय समय भित्र नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंक सिद्धानर्थनगर शाखाका मुख्य व्यवस्थापक रेबत प्रसाद नेपालले बताए ।
सहज रुपमा नोट बितरण होस् भनी यस पटक देखि तीन वटा काउन्टरको व्यवस्था गरेका छाँै, सकेसम्म धेरै भन्दा धेरैले नयाँ नोट पाउन भन्ने हाम्रो उद्धेश्य हो, नेपालले भने । अलि पर्याप्त नोठ नआएकाले एक जनालाई १ सय र ५० को एक एक प्याकेट तथा २०, १० र ५ को दुई दुई प्याकेट गरी जम्मा २२ हजार रुपैयाँ नयाँ नोट बितरण गर्दैछाँै, उनले भने ।
राष्ट्र बैंक सिद्धार्थनगर शाखाले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट बितरणका लागि दिइसकेकोले त्यहाँबाट पनि सटही गर्न सकिन्छ ।
रुपन्देही जिल्लामा रहेका बाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनिहरुले एक हप्ता अघि नै नयाँ नोट लगिसकेका छन्, उनीहरुलाई पनि आइतबारबाट मात्रै नयाँ नोट आम सर्वसाधारणलाई सटही गर्न राष्ट्र बैंकको निर्देशन छ । रुपन्देहीमा बाणिज्य बैंक, विकास बैंक फाइनान्स कम्पनि र लघुबित्त बैंकका केन्द्रिय कार्यालय तथा शाखा गरी १९७ वटाले आर्थिक कारोबार गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंक सिद्धार्थ नगर शाखा अन्तर्गत पाल्पा, नवलपरासी, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र रोल्पामा पनि नयाँ नोट बितरणका लागि गइसकेको र ती सबै जिल्लामा नोट कोष सुविधा भएको राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंकबाट नयाँ नोट साटन सकिन्छ ।

राष्ट्र बैंक सिद्धार्थनगर शाखाले केन्द्रसँग ३ अर्ब बढी नयाँ नोट माग गरेको छ । माग गरे अनुसारको आएको छैन्, बाड्ने समय भित्र आउने अपेक्षा गरेका छौँ, जति बढि आउँछ, त्यति धेरै जनाले पाउँछन्, मुख्य व्यवस्थापक नेपालले भने । नेपालका अनुसार गुल्मी र पाल्पामा चालिस चालिस करोड, अर्घाखाँचीमा ३५ करोड ,कपिलबस्तुलाई २५ करोड रुपैयाँ नयाँ नोट पठाइसकिएको र नवलपरासीले अलि कम माग गरे पनि २५ करोड पठाउने बताए ।

विजयादशमीका दिन आफु भन्दा ठुला मान्यजनको हातबाट टिका ग्रहण गरेपछि दक्षिणा दिने प्रचलन रहेको छ र दक्षिणामा नयाँ नोट दिइने हँुदा हरेक वर्ष नयाँ नोटको माग अत्यधिक बढ्ने गरेको छ ।
राष्ट्र बैकले अनावश्यक रुपमा बढी नयाँ नोट सटही नगर्न र घरमा नगद नराख्न समेत सबैमा आग्रह गरेको छ । बैंकमा राखे ब्याज पाइन्छ, घरमा धेरै संचित गरी राखे न ब्याज पाइन्छ बरु चोरिने डर हुन्छ, मुख्य व्यवस्थापक नेपालले भने ।

Leave a Reply