दुर्गा पुजाका लागी स्वदेशमै बन्न थाले देबीका मुर्ति

0
140

न्यूज ओके रिपोर्टर
भैरहवा

दसैका समयमा रुपन्देहीमा हुने सामुहिक दुर्गा पुजा समारोहका लागी माता भवानी सहीत अन्य देबी देबताका मुर्तिहरु भारतबाट ल्याईने गरेकामा पछील्लो समयमा स्थानिय स्तरमै निर्माण हुन थाले पछी भारतबाट ल्याउने क्रम केही घटेको छ । स्थानिय स्तरमा निर्माण हुन थालेपछी बार्षिक लाखौ रुपैया बिदेशीन बाट समेत बचेको छ । एक रीपोर्ट ।

बिगतमा दशै पर्बमा हुने सामुहिक दुर्गा पुजाका लागी दुर्गा लगायत बिभिन्न देबी देबताका मुर्तिहरु भारतबाट खरीद गरी ल्याउनु पथ्र्यो । तर केही बर्ष अघि देखि रुपन्देहीका बिभिन्न स्थानमा यस्ता मुर्तिहरु बन्न थालेपछी केही मात्रामा भए पनि भारताबट ल्याउने क्रम घटेको छ ।

दशै नआउदै रुपन्देहीको भैरहवा,मर्चवार,पजरकट्टी,लुम्बिनी लगायतका स्थानमा मुर्ति बन्न नपाउदै बिक्री भएको कालीगढहरुले बताएका छन् । भैरहवा गल्लामण्डी हनुमानस्थान नजिकै बिगत तिन बर्ष देखि मर्यादपुर मर्चवारका रामदेब बहारले दुर्गा लगायत बिभिन्न देबीदेबताको मुर्ती बनाउदै बिक्री गर्दै आएका छन् । उन्ले त्यस्का लागी २ जना कालीगढहरुलाई मासिक १० हजार रुपैया तलब दिएर काम लगाएका छन् ।
देबीको मुर्तिको आकार ,डिजाईन अनुसार २० हजार देखि १ लाख रुपैया सम्म पर्ने ब्यबसायीहरुको भनाई छ ।
बोगडी गाबिस वडा नम्बर ४ का अखलेस यादबले मुर्ति बनाउन सुरु गरेको २ बर्ष भएको बताछन् ।
बेरोजगार बस्नु भन्दा मुर्ति बनाएर बस्दा आम्दानी पनि हुने उन्को तर्क थियो ।

बेतकुईया मर्चवारका लल्लु हरीजन पनि दुर्गा तथा अन्य देबीदेबताका मुर्ति बनाउने कालिगढ हुन् । उन्ले मुर्ति बनाउदा स्थानिय सामग्रीहरु माटो,पराल,भुसा,बास लगायतका बस्तु प्रयोग गर्दे बनाउने गरेको र मुर्तिहरु बन्न नपाउदै बुक हुने गरेको उल्लेख गरे ।

अहिले रुपन्देहीको भैरहवा,मर्चवारका बिभिन्न स्थान,पजरकट्टी,लुम्बिनी ,बनगाई,बेथरी लगायतका स्थानमा मुर्ति बनाउने काम भैरहेको छ ।

बिगतका समयमा धेरैले भारतबाट दुर्गा पुजा समारोहका लागी तयारी मुर्तिहरु ल्याउने गर्दथे । तर अहिले स्थानीय तहमै मुर्ति बनेपछी सबैलाई सजिलो भएको र स्वदेशको रकम बिदेशीन बाट बचेको स्थानियहरुको भनाई छ ।

दसैको समयमा रुपन्देही मात्र नभई तराईका सबै जिल्लाहरुमा सामुहिक दुर्गा पुजा समारोह आयोजना गरी दैनिक रुपमा नित्य पुजा र भजन किर्तन आयोजना गरीन्छ । दुर्गा पुजाका लागी अधिकांशले मुर्तिहरु भारतबाट ल्याउने भए पनि पछील्लो समयमा स्वदेशमै बनाउन थालेपछी भक्तजनहरुलाई सजिलो त भएकै छ भने मुर्ति खरीदका लागी करोडौ रुपैया भारत तर्फ जानबाट समेत रोकीएको छ ।घटस्थापनाको दिन देखी सामुहिक रुपमा दुर्गा पुजा गर्ने प्रचलन छ ।

Leave a Reply