खिमबहादुर कार्की
प्रमुख कार्यकारी अधिकृत (एभरेष्ट फाइनान्स लि.)
रूपन्देही सदरमुकाम सिद्धार्थनगरमा केन्द्रिय कार्यालय स्थापना गरी २०५८ असार १८ गते क्षेत्रीयस्तरको बित्तीय संस्थाका रूपमा एभरेष्ट फाइनान्स लिमिटेडको स्थापना भएको हो । रूपन्देहीका साथै कपिलवस्तु र नवलपरासी गरी ३ जिल्ला कार्य क्षेत्ररहेको फाइनान्स छिट्टै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडसंग मर्जर भै एकीकृत रूपमा कारोबार सुरू गर्दैछ । राष्ट्र बैंकको स्विकृति पछि मर्जरको सबै प्रकृया पुरा भइसकेको र अब असोज २१ गते शुक्रबार भैरहवामा हुने १४ औं वार्षिक साधारण सभाले मर्जर प्रस्ताब पारित गरेपछि एकीकृत कारोबारको बाटो खुल्ने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत खिम बहादुर कार्कीले बताए । फाइनान्सको मर्जर पछिको बित्तीय अवस्था लगायतका विषयमा न्यूज ओकेले गरेको कुराकानीको सम्पादित अंश
एभरेष्ट फाइनान्सलाई मर्ज गर्नु पर्ने आवश्यकता किन आयो ?
नियामक निकाय, नेपाल राष्ट्र बैंकबाट आउँदो २०७४ आषाढ भित्र ४ गुणा पूँजी बृद्धि गर्नु पर्ने बाध्यकारी नियम जारी भयो । जसको कारण एभरेष्ट आफैले पूँजी पु¥याउन सम्भव नदेखिएकाले राष्ट्रिय स्तरको वित्तीय संस्थासँग मर्ज गर्न लागेका हौं । अहिले मर्जरको अन्तिम अबस्थामा छौँ ।
मर्जर पछि एभरेष्टको अवस्था के रहन्छ ?
दुवै संस्था मर्ज भए पछि श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको नामम एकीकृत कारोबार हुने गरी सहमति भएको छ । साधारण सभा तथा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् सोही नामबाट कारोबार हुनेछ । असोज २१ को साधारण सभाले मर्जरको प्रस्ताब पारित गर्नेमा विश्वस्त छौँ ।
मर्जर पछि संस्थाको वित्तीय अवस्था कस्तो हुन्छ ?
दुवै कम्पनीको मर्ज पश्चात् कम्पनी राष्ट्रिय स्तरको फाइनान्स कम्पनी बन्ने छ । जसको चुक्ता पूँजी ४० करोड, निक्षेप २ अर्ब ७५ करोड तथा कर्जा लगानी २ अर्ब ५० करोड, शाखा तथा विस्तारीत शाखा सख्ंया ८ वटा पुग्ने छ ।
मर्जर पछि फाइनान्सको भविष्यको लक्ष्य के हुनेछ ?
२०७४ आषाढ भित्र राष्ट्रिय स्तरको फाइनान्स कम्पनीको चुक्ता पूँजी ८० करोड पु¥याउनु पर्ने छ । जसका लागि हकप्रद निष्कासनको कार्य अगाडि बढाउने लक्ष्य रहेको छ । साथै, कारोबार बृद्धिका लागि देशका प्रमुख शहरहरूमा शाखा विस्तार गरिने छ । एभरेष्ट फाइनान्सको सिद्धार्थनगरस्थित प्रधान कार्यालय क्षेत्रीय कार्यालयमा परिणत हुनेछ ।
पछिल्लो समयमा रूपन्देहीमा बैंक, फाइनान्स तथा वित्तीय संस्थाहरूमा आकर्षण बढ्दै जानुको कारण ?
गत वर्षको राजनैतिक परीदृश्य जे देखियो, त्यसको कारणले पनि रूपन्देही बैंक तथा वित्तीय संस्थाहरूको लागि हब बन्दै गइरहेको छ । देशकै मध्य क्षेत्रमा अवस्थित यस क्षेत्रमा उद्योगधन्दाहरू बढ्दै गइरहेको कारणले तथा अन्य जिल्लाको तुलनामा शान्त तथा विकासशिल रहेको छ । अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण, बाटो घाटोको विस्तारले भविष्यमा व्यापार बृद्धि हुने देखिएकाले रूपन्देहीमा बंैक तथा वित्तीय संस्थाहरूको उपस्थिति दिनदिनै बढ्दै गइरहेको मैले पाएको छु ।
पछिल्लो समय वित्तीय अपराध पनि बढिरहेको छ नी ?
क्षेत्रमा प्रविधिको विकाससँगै अपराध बढिरहेको विषय सत्य र सोचनीय रहेको छ । अपराध बढ्यो भन्दैमा प्रविधिको प्रयोगबाट पछि हट्नु पनि हुँदैन । चुनौतीहरूको सामना गर्र्दै अघि बढ्नुपर्छ ।अपराध गर्नेलाई कडा भन्दा कडा सजाँय दिइयो भने भविष्यमा अरू पनि त्यस्तो कामबाट निरूत्साहित हुनेछन् जस्तो मलाई लाग्छ ।













