दर्शैमा पाइन्ट सर्ट सिलाएर लगाउने क्रम घट्यो : असगरी अलि

0
134

 

न्यूज ओके रिपोर्टर

भैरहवा ।

असगरी अलि (४४)ले टेलरिङ्ग काम गर्न थालेको धेरै भयो । भैरहवा बैंक रोडमा न्यू रिलायन्स टेलर्श उनको प्रतिष्ठान हो । अरू कामदारसँगै आफु पनि नियमित काममा उनी खटिन्छन् ।

पहिला पहिला यो पेशा राम्रो थियो । त्यसो त अहिले राम्रो छ्रैन भन्न खोजेको होइन तर जुन रूपमा कपडाको पाइन्ट शर्ट पहिला सिलाएर लगाउने चलन थियो । त्यो अब बिस्तारै हट्दै छ । मलाई थाहा भए अनुसार पहिला पहिला दशँै तिहारमा बालबच्चा, युवाले धेरै कपडाको पाइन्ट , सर्ट नै सिलाएर लगाउथे तर अहिले त्यस्तो रहेन, मास्टर अलि भन्छन् । पहिलाको तुलनामा २५ प्रतिशत भन्दा कम छ कपडाको पाइन्ट सर्ट सिलाएर लगाउने । अहिले सबै फैन्सी तिर आकर्षित भएका छन् । कटन, जिन्स, कटराइजको पाइन्ट लगाउने प्रचलन बढ्यो । कपडाको सर्टको स्थान टि सर्ट, तयारी सर्टले लिएको छ । चाडवाडको बेलामा खुब भिड हुन्थ्यो समयमा सिलाएर दिन सकिदैन की भनेर रातभर काम गरिन्थ्यो । तर अहिले त्यस्तो छैन्, उनले भने ।

पहिलो कुरा फेन्सी लुगाले मार्केट लियो । दोश्रो कुरा पहिला जस्तो चाडवाडमा मात्र नयाँ लुगा सिलाएर लगाउने भन्ने छैन् । जुनसुकै समयमा पनि सिलाउने गर्छन् । तर पनि फेन्सी लुगाका कारण कपडाको पाइन्ट सर्ट, सिलाएर लगाउने प्रचलन कम हुर्दैछ । तर फेन्सी कपडा हेर्नमा मात्रै हो, बलियो त सिलाएकै कपडा हुन्छ, अलिले भने ।

Leave a Reply