चौथो थारु मिलन कप फुटबलको फाईनल शनिबार

0
61

एसएमसी युथ क्लब र भिएस भिजन फुटबल क्लब बिच खेल हुदै

न्यूज ओके रिपोर्टर
भैरहवा ।

रुपन्देहीको पडसरीमा सञ्चालन भैरहेको चौथोे थारु मिलन कप फुटबल प्रतियोगिताको फाईनलमा शनिबार फुलपातीको दिन एसएमसी युथ क्लब शंकरपुर र भिएस भिजन फुटबल क्लब तर्कुल्लाह बिच प्रतिष्पर्धा हुदैछ ।
बिजया दशमीको अबसर पारेर बिगत ४ बर्ष देखि निरन्तर आयोजना हुदै आईरहेको प्रतियोगिताको पहीलो सेमिफाईनलमा पडसरी स्थित कर्मडाडा खेलमैदानमा एसएमसी युथ क्लब शंकरपुरले बालापुर युबा क्लब ,बालापुरलाई पराजित गरेको थियो । निर्धारीत समयमा दुबै टिमले गोलरहीत बराबरी खेलेपछी निर्णयका लागी पेनाल्टीमा लैजादा शंकरपुरले ६ ः ५ गोल अन्तरले बालापुरलाई हराउदै फाईनलमा स्थान सुरक्षित गरेको थियो ।
त्यस्तै सोही मैदानमा सम्पन्न दोश्रो सेमिफाईनलमा भिएस भिजन क्लब तर्कुल्लाहले लखनपारा युबा क्लब लखनपारालाई २ ः ० गोलले हराउदै फाईनल प्रबेश गरेको क्लबका का.बा. अध्यक्ष घनश्याम केबटले बताउनु भयो ।
फाईनल खेल पनि कर्मडाडा खेलमैदानमा दिउसो २ बजे देखि प्रारम्भ हुने र खेल अघि बिभिन्न जातजातिको सस्कृती झल्काउने झाकी प्रदर्शन हुने स्थानिय समाजसेबि ओम बहादुर केसी (बाबुराम) ले बताउनु भयो ।
प्रतियोगितामा बिजेता टिमले नगद रु ५१हजार १ सय ११ रुपैया र ट्रफी तथा उप बिजेता टिमले २५हजार ५ सय ५५ रुपैया पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता असोज १ गते देखि हाटी अमुवा युबा क्लबले आयोजना गर्दै आई रहेको छ । प्रतियोगितामा रुपन्देहीका २१ र कपिलबस्तुका २ गरी २३ टिमको सहभागिता रहेको छ ।

SHARE
Previous articleDashain – ‘Food For Thought’
Next article

Leave a Reply