एमाले रुपन्देहीको आठौं अधिवेसन शुरु

0
271

नँया नेतृत्व चयन हुने
न्यूज ओके रिपोर्टर
भैरहवा ।
नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको आठौ अधिवेशन शनिबार भैरहवामा उद्घाटन भएको छ । अधिवेसनको उद्घाटन सत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री बामदेव गौतम, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु प्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, पोलिट ब्युरो सदस्य छविलाल विश्वकर्मा, लुम्बिनी अन्चल इन्चार्ज बैजनाथ चौधरी, केन्द्रिय सदस्य राधा ज्ञवाली, रुपन्देही इन्चार्ज लिला गिरी लगायतका नेताहरुले सम्बोधन गर्दै एमाले देशकै ठूलो र आमजनताको रोजाईको पार्टि बन्ने धारणा व्यक्त गरेका थिए ।

पार्टिका जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठको अध्यक्षता, सचिव तुलसी प्रसाद चौधरीको सन्चालन एवं उपाध्यक्ष शिवराज सुवेदीको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा जेष्ठ कम्युनिष्टहरु, भुकम्पीय स्वयंसेवकहरु तथा भवन निर्माण समितीलाई सम्मान गरिएको थियो । यसैगरी सोही अवसरमा उत्कृष्ट काम गर्ने मुक्ति समाज र प्रचार विभाग तथा ७ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर ३ र ४ लाई पनि सम्मान गरिएको थियो ।

शनिबारको उद्घाटन सत्र प्रशिक्षणमूलक जस्तो देखिएको छ । महेन्द्रसभा गृहको हलमा खचाखच भरिएका पार्टि नेताहरुले स्पष्ट निर्देशन दिदैं अधिवेसनले योग्य र कर्मठ नेतृत्व चयन गर्नेमा विश्वास मात्रै व्यक्त गरेनन उनीहरुले पार्टिको आगमी कार्यदिसा र राष्ट्रिय राजनितीको बारेमा पनि दिनभर प्रशिक्षीत गरे । एमाले कार्यकर्ता बाहेक सो कार्यक्रममा मिडीयालाई पनि प्रवेश दिइएको थियो ।
आइतबार र सोमबार एमाले रुपन्देहीको बन्द सत्र चल्नेछ । बन्दसत्रमा ८ सय ७७ जना प्रतिनिधीले भाग लिनेछन् । सोही अधिवेसनले एमालेको नयां नेतृत्व समेत चयन गर्नेछ ।

Leave a Reply