संघीय संरचनामा फेरबदल गर्नु तत्काल ठीक हुदैंन

0
69

न्यूज ओके रिपोर्टर

भैरहवा ।

पुर्व अर्थमन्त्री डा. रामशरण महतले तत्कालकोलागी संघीय संरचनामा फेरबदल नगरी साबिककै संरचनामा निर्वाचन गराउनुपर्नेमा जोड दिएका छन् ।
जेसीआई सिद्धार्थ नेपाल र जेसीआई सिद्धार्थ लेडीले संयुक्त रुपमा शनिबार भैरहवामा आयोजना गरेको नेपालको संविधान युवाहरुको भूमिका र चुनौती विषयक विचार गोष्ठीमा बोल्दै पुर्व अर्थमन्त्री डा. महतले अहिलेको वर्तमान संरचनामा स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनु भएको हो , यहि संरचनामा निर्वाचन नगरी पुर्नसंरचना तर्फ गए त्यसले अरु १, २ वर्ष समय लम्ब्याउने हुदां त्यसो नगरी तत्काल यहि संरचनामा स्थानिय निर्वाचन गर्नुको विकल्प नभएको बताए  ।

नेता महतले यो बेला आर्थिक उपार्जनमा जोडिने बेला भएको समेत जनाउदैं सबै युवालाई सम्बोधन गदै भने “अहिलेको संविधान युवा पक्षीय छ । संविधानको कार्यन्वयन गर्दै शान्ति र समृद्धि कायम गर्ने सबालमा युवाहरुको भूमिका पनि अहं रहन्छ । ”

उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैरे, नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल, नेकपा माओवादी केन्द्रका हकिउल्ला खा, मधेसबादी दलका नेता वृजेश गुप र जनमुक्ति पाटिका केन्द्रिय सदस्य टोप अस्लामीले आफ्ना विचार राख्दै जसरी संविधान ल्याउन युवाहरुले दबाब सन्चालन गरे त्यसरी नै यसको कार्यन्वयमा पनि दबाब सृजना गर्नुपर्नेमा जोड दिए । नेताहरुले युवाहरु उत्पादनमूलक कार्यमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिएका थिए ।

Leave a Reply