विनितालाई एसओएस बालग्राममा संरक्षण

0
260

न्यूज ओके रिपोर्टर

भैरहवा ।

आफ्नै श्रीमान्को कुटाईबाट मृत्यु भएकी रोल्पा थबाङ्ग ८ झकिवाङकी सुनकुमारी नेपालीको मृत्युपश्चात एक्ली भएकी उनकी १३ वर्षीय छोरी विनिता नेपालीलाई एसओएस बालग्राम लुम्बिनीले संरक्षण दिएको छ ।

आमाको मृत्यु पछि परिवारमा रहेका दाजु वैदेशिक रोजगारका लागि  मलेसिया रहेको र प्रहरीले बुवालाई  जिल्ला कारागार रोल्पामा चलान गरेपछि सहाराविहीन बनेकी बालिका विनीताको एसओएसको संरक्षणमा रहने भएकी हुन् ।

आफ्ना नातेदारहरू कोही पनि विनिताको जिम्मा लिन तयार नभएपछि जिल्ला बाल कल्याण समिति रूपन्देहीको अनुरोधमा एसओएसले बालिकालाई बुधबार सबै आबश्यक कागजपत्र जनाईन् ।

एसओएस बालग्राम लुम्बिनीका योजना निर्देशक विजय विक्रम राणाले समेत विनिता अब एसओएसको छोरी भएको भन्दै उनको लालनपालन र शिक्षादीक्षामा आफूहरूले जिम्मा लिएको र संरक्षक रहेको बताए ।

श्रीमान्को कुटाईबाट मरणासन्न हुन पुगेकी सुनकुमारीको आर्थिक अभावका कारण युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल भैरहवामा उचित उपचार हुन नसकेपछि उनको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने जिम्मा लिई उनको जीवन बचाउनको लागि खटिएको लुम्बिनी प्रेस क्लबले समेत सुनकुमारीको मृत्यु पश्चात अभिभावकविहीन बनेकी विनितालाई एसओएस बालग्रामले जिम्मा लिनु उसको सामाजिक उत्तरदायित्व रहेको प्रेस क्लबका महासचिब नरेश केसीले जनाए ।

गत असोज २६ गते आफ्नै श्रीमान धु्रव नेपालीको आक्रमणबाट घाईते भई भैरहवा स्थित शिक्षण अस्पताल युसीएमएसमा उपचाररत अवस्थामा कात्तिक २७ गते सुनकुमारीको मृत्यु भएको थियो ।

Leave a Reply