नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता मध्ये तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिता एक हो । विभिन्न कारणले गर्दा नियमित रूपमा सञ्चालन हुन नसकेको यो गोल्डकपको अठारौं संस्करण आज (बिहीबार)बाट बुटवल देवीनगरमा सुरू हुँदैछ । रूपन्देही फुटबल संघको आयोजनामा हुने प्रतियोगिताको मुख्य संरक्षकमा बुटवल नगरपालिका रहेको छ । बुटवल नगरपालिका यो गोल्डकपको स्थापना गर्ने संस्थापक संस्था हो । यसै प्रतियोगिताका बारेमा केन्द्रित रहित मुल आयोजक समितिका संयोजक तथा रूपन्देही फुटबल संघका अध्यक्ष दिर्घ बहादुर के.सी. (कुमार) संग न्यूज ओकेका लागि मनोज थापाले गरेको कुराकानीको सार संक्षेप ।
तिलोत्तमा गोल्डकप नियमित आयोजना हुन नसक्नुको कारण के होला ?
तिलोत्तमा गोल्ड कप नियमित आयोजना हुन नसक्नुको मुख्य कारण आर्थिक समस्या नै हो । त्यस बाहेक पनि अखिल नेपाल फुटबल संघको यस प्रतियोगिता तर्फ कुनै ध्यान नजानु, यस प्रतिष्ठित तथा ऐतिहासिक गोल्ड कपलाई आफ्नो वार्षिक क्यालेन्डरमा नराखी दिँदा यो गोल्ड कपलाई नियमित गर्न समस्या भएको हो । अब यसलाई हामी निरन्तर आयोजना गर्दै देशकै प्रतिष्ठित प्रतियोगिता बनाउँछौ ।
प्रतियोगिता गराउन मुख्य समस्या र चुनौती के छन् ?
प्रतियोगिता को मुख्य समस्या आर्थिक कारण र अर्को कारण चाही सहभागी हुन आउने विभिन्न टिमहरूलाई व्यवस्थापन गर्नु हो । अहिले अखिल नेपाल फुटबल संघले तिलोत्तमा गोल्ड कपको तयारी सुरू भए लगत्तै राष्ट्रिय खेलाडीहरूलाई बन्द प्रशिक्षण ‘क्लोज क्याम्प’ मा राखी दिएको छ । यस्तो ऐतिहासिक प्रतियोगितालाई अखिल नेपाल फुटबल संघले सकारात्मक रूपमा नहेरी दिँदा झन् समस्या बढेको छ । एन्फाले मोफसलमा हुने प्रतियोगितालाई हेर्ने दृष्टीकोण फरक पार्नु पर्छ । एन्फाले भुल्नु हुँदैन जिल्लाबाटै फुटबलका रत्नहरू जन्मिने गर्छन् ।
यस्तो ठुलो प्रतियोगिता गराउन फुटबलको सर्बाेच्च संस्था एन्फाले खासै मद्धत गरेको छैन । किन होला ?
मैले माथि पनि भनिसके एन्फाको असहयोग छ रूपन्देहीलाई । रूपन्देही जिल्ला फुटबल संघमा यो मेरो कार्य समिति आएदेखि हामीले नियमित रूपमा फुटबल प्रतियोगिता गर्न खोजे पनि अखिल नेपाल फुटबल संघको कुनै सहयोग रहेन झन् उल्टो एन्फा टेक्निकल सेन्टर रूपन्देहीले वार्षिक पाउने रू. १५ लाख पनि कटौती गरेको छ । केन्द्रमा गणेश थापाको बिरोध गर्दा सम्पूर्ण रूपन्देही जिल्ला फुटबल संघ तथा रूपन्देही फुटबल प्रेमीहरू माझ एन्फाले नराम्रो व्यवहार गरेको छ ।
हामीले व्यक्तिको होइन संस्थामा भएको गलत प्रवृतिको बिरोध गरेका हांै । बिरोध गर्दा रूपन्देहीको फुटबललाई असहयोग गरिएको छ । तर हामी फुटबलको विकास गर्न अघि बढेका छांै, कसैको अगाडी झुक्दैनांै । अखिल नेपाल फुटबल संघले राष्ट्रिय लिगका केही खेल बाहेक अन्य कुनै प्रतियोगिता यस जिल्लालाई दिएको छैन । तर पनि हामी यस क्षेत्रमा आफ्नो सक्रियता देखाउँदै यस संघसँग आबद्ध धेरै क्लबहरूले आफै प्रतियोगिता सञ्चालन गर्दै आएका छन् । झरना कप, डि.एम.सी कप, लिस्नु कप, फसार्टिकर कप, नहरपुर कप, सागर संजन स्मृति कप, नव युवा कप तथा अन्य धेरै प्रतियोगिता सञ्चालन गरेका छन् र रूपन्देही जिल्ला फुटबल संघ यी सम्पूर्ण प्रतियोगितालाई आफ्नो समर्थन तथा सकेको सहयोग गर्दै आएको छ ।
जिल्लाको नामबाट अन्य स्थानमा गएर खेलिने प्रतियोगितामा बाहिरी खेलाडीहरू किन खेलाउने गरिन्छ, यो कारणले स्थानीय फुटबलका प्रतिभाहरू ओझेलमा परेको भन्छन् ?
यस क्षेत्रका अधिकांश खेलाडीहरू ए डिभिजन क्लबहरूमा आबद्ध हुनु र रूपन्देही जिल्ला फुटबल संघ यस क्षेत्र भन्दा बाहिर प्रतियोगिता खेल्न जानु पर्दा यहि रहेका जुनियर खेलाडीहरू लिएर बाहिर खेल्न जाँदा नतिजा धेरै नराम्रो हुने ग¥यो । यसले जिल्लाको फुटबल स्तरको बारेमा नकारात्मक सन्देश जाने मात्र नभई पुरा जिल्लाकै बेइज्जत हुने र हामी पनि अब देखि प्रतियोगिता जित्नुको लागि खेल्नुपर्छ भन्ने सोच राखेर बाहिरी खेलाडी राखेर भए पनि बाहिरी प्रतियोगितामा भाग लिने निर्णय गरिएको हो । हाम्रा जिल्लाका खेलाडीहरू पनि बाहिरी अन्य क्लबहरूबाट धेरै खेल्ने गरेका छन् प्रतियोगितामा । तर यो कदापी होइन कि हाम्रै जिल्लाका खेलाडी यस लायक छैनन् भनेर भनेका छैनांै र सोच्ने पनि छैनांै । तर उनीहरू ए डिभिजन क्लबसँग आबद्ध भएको हुँदा बाहिरका केही खेलाडीहरू सहभागी बनाई टिम बनाएर प्रतियोगितामा सहभागिता जनाउने गरेका हांै ।
पोखराको आहा रारा, धरानको टुबोर्ग गोल्ड जस्तै तिलोत्तमा गोल्ड कपले स्थायी मुख्य प्रायोजक पाउन नसकेको कारण के होला ?
अवश्य पनि चाहे त्यो पोखराको आहा रारा कप होस् अथवा अन्य केही स्थानका केही प्रतियोगिताका प्रायोजक एउटै रहे पनि हाम्रो यस तिलोत्तमा गोल्ड कपमा त्यस्तो देखिएको छैन र हाम्रो कार्यसमितिले पहिलो पल्ट १८ आँै तिलोत्तमा गोल्ड कप गर्न खोज्दा मात्र अन्तिम समयमा हामीले प्रायोजÞक पाएको थियांै तर त्यो प्रतियोगिता सञ्चालन गरेर बचेको रकममा हाम्रै कार्य समितिका साथीभाई मिलेर केही रकम थपथाप गरी महाबिनासकारी भुकम्प २०७३ ले गोर्खा जिल्लाको मिरपुर गाविसमा भत्किएको एक विद्यालय नयाँ बनाउन सघायांै । हामीले नयाँ विद्यालय भवन निर्माण गरेपछि जताततैबाट प्रसंशित भएका थियांै । त्यस्तै राम्रा कामको कारण अहिले हामीले धेरै राम्रो प्रयोजÞक “अग्नि सिमेन्ट” को साथ पाएको छांै । यस प्रतियोगिता सकिएपछि १९ आँै तिलोत्तमा गोल्ड कपको समिक्षा तथा मूल्याकन गरी भविष्यमा पनि यो प्रतियोगितालाई साथ दिने अग्नि सिमेन्टले बाचा दिएको पाठक वर्ग तथा फुटबल प्रेमी माझ जानकारी गराउन चाहन्छु ।
प्रतियोगितामा स्थानीय संघ, संस्था, कर्पोरेट हाउसको सहयोग कस्तो छ ?
तिलोत्तमा गोल्ड कपको प्रतियोगिता स्तर, सञ्चालनस्तर, आर्थिक पारदर्शिता तथा त्यस पश्चात हामीले गरेको सामाजिक कार्य देखि प्रभावित भएर हामीलाई स्थानीय संघ, संस्था, कर्पोरेट हाउस, संचार माध्यम, सामाजिक संस्था तथा अन्यको धेरै राम्रो सहयोग भएको छ । रूपन्देही फुटबल संघ रूपन्देही जिल्लाबासी प्रति सदैब कृतज्ञ रहनेछ ।
अन्त्यमा न्यूज ओके मार्फत् के भन्न चाहनुहुन्छ ?
‘न्यूज ओके’लाई तिलोत्तमा गोल्डकपको अबसर पारी आप्mना भनाई फुटबल प्रेमी पाठक माझ राख्न दिनु भएकोमा धेरै धन्यबाद दिन चाहन्छु । १९ औँ तिलोत्तमा गोल्ड कपको प्रचार प्रसारमा तपाईहरूको सहयोगको लागि धन्यबाद दिँदै र बिशेष एउटा कुरा निबेदन गर्न चाहन्छु, गोल्ड कपमा म सम्पूर्ण रूपन्देही वासी मात्र नभई वरपरका छिमेकी जिल्ला पाल्पा, नवलपरासी, कपिलबस्तु सहित अन्य क्षेत्रका फुटबल प्रेमीलाई यस प्रतियोगितामा उपस्थित भई प्रतक्ष्य अवलोकन गरी सहयोग गरिदिनु हुनको लागि निबेदन गर्न चाहन्छु ।














