सेमिफाईनल खेलहरु शुक्रबार
न्यूज ओके रिपोर्टर
भैरहवा, ११ फागुन
प्यारामाउण्ट उच्च माबि एक्सपर्ट स्कुल क्रिकेट लिग २०१७ को सेमिफाईनलमा प्रबेश गरेको छ । प्यारामाउण्ट संगै सेमिफाईनलमा प्रबेश गर्ने चारबटै बिद्यालयको समिकरण पुरा भएको छ ।
साईग्लोबल एकेडमी भैरहवा, न्यू होराईजन बोर्डिंग स्कुल बुटवल र बुटवलकै डन चिल्ड्रेन एकेडमी यस अघिनै सेमिफाईनलमा प्रबेश गरीसकेको छ ।
बिहीबार सम्पन्न समुह चरणको अन्तिम खेलमा प्यारामाउण्टले भैरहवा हाईस्कुललाई २ रनको झिनो अन्तरले हराउदै सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो । टस जितेर ब्याटिंग रोजेको प्यारामाउण्टले निर्धारीत २५ ओभरमा ८ विकेट गुमाउदै म्यान अफ द म्याच निशान्त पुरीको ४० रन र बिरु शर्माको १४ रनको मद्धतले १२९ रन बनाएका थिए । भैरहवा हाईस्कुलका मुस्कान तिउसिनाले ४ विकेट लिए ।
प्रतिउत्तरमा १३० रनको बिजयी लक्ष्य सहीत मैदान ओर्लिएको भैरहवाले २५ ओभरमा ९ विकेट गुमाउदै १२७ रन जोडदै सानो अन्तरले हार ब्यहोरयो । धर्मेन्द्र झाले ४६ र अवराज देवानले२६ रन बनाए पनि जित दिलाउन सकेनन् । प्यारामाउण्टका संसार कामु मगरले ४ र निशान्त पुरीले २ विकेट लिए ।
त्यस्तै कुनै अर्थ नरहेको समुह चरणको अर्को खेलमा ग्यालेक्सी स्कुलले नवज्योति ईग्लींस बोर्डिंग स्कुललाई ८ रनले पराजित गरयो । टस जितेर ब्याटिंग गरेको ग्यालेक्सीले १९ ओभरमा सबै विकेट गुमाउदै ९४ रन बनाएको थियो । दिपक गुप्ताले २४ र प्रनिल श्रेष्ठले २३ रन बनाए । नवज्योतिका प्रज्वल दर्जिले ४, जितेन्द्र यादबले ३, राजन थापाले २ विकेट लिए ।
प्रतिउत्तरमा ९५ रनको लक्ष्य लिएको नवज्योतिले १८ ओभर ३ बलमा सबै विकेट गुमाई ८६ रन मात्र बनायो ।
बिशाल भटराईले १२ रन बाहेक अरु कसैले दोहोरो अंकको योगफल बनाउन सकेनन् ।
ग्यालेक्सीका दिपक गुप्ताले ४ विकेट लिदै म्यान अफ द म्याच भए भने प्रनिल श्रेष्ठ र बिकी गुरुंगले समान २।२ विकेट लिए ।
हिमालयन क्रिकेट एकेडमीको आयोजना र एक्सपर्ट एण्ड भिजा सर्भिस प्रालिको मुख्य प्रायोजनामा संचालन भैरहेको प्रतियोगिताको पहीलो सेमिफाईनलमा न्यु होराईजन र प्यारामाउन्ट बिच तथा दोश्रो सेमिमा डन र साईग्लोबल बिच प्रतिष्पर्धा हुने प्रतियोगिताका स्थानिय संयोजक तथा टेक्नीकल चिफ अन्तर्राष्ट्रिय अम्पायर संजय गुरुंगले बताए । दुबै सेमिफाईनल शुक्रबार हुनेछन् ।














