मनोरञ्जन शर्मा
भैरहवा, ११ पुष
भारतकोे नया दिल्लीमा बिहीबार र शुक्रबार हुने तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसीप प्रतियोगितामा सहभागी हुन जापान गोजुरीयो कराते डु मिशन संघ नेपालका २० खेलाडी सहीत २७ जनाको राष्ट्रिय टोली टोली मंगलबार स्थलनाका बेलहिया हुदै त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रतियोगितामा त्यसतर्फ जाने खेलाडीहरुमा १२ वर्ष उमेर समुहमा शाहिल गुरुंग (२५ केजी तर्फ ), प्रीयंका थापा ( ४० केजी ) , प्रशान्त थापा ( ३० केजी ) र प्रसुन शाही ( ३५ केजी) छन् । यसै गरी १४ वर्ष उमेर तर्फको समुहमा बिपिन गुरुंग (३५ केजी ), कृतिमा गौतम (४० केजी ) , रिजन पाण्डे ( ४० केजी ) , शिबम बस्नेत ( ५० केजी ) र एलिसा घिमिरे (४० केजी ) रहेका छन् । यसैगरी १७ वर्ष उमेर समुहमा प्रतिसपर्धा गर्ने खेलाडीहरुमा रोशन राना (५० केजी) , सुमन परियार (६० केजी ) , कनिश्क राना (५५ केजी ) , सिबानी बस्नेत ( ४५ केजी ) , विपना जिएम (५५केजि) र सुस्मा पान्डे (५० केजी ) छन् ।
त्यस्तै १९ बर्ष मुनि ७० केजि तौल समुहमा मेख बहादुर घर्ति मगर छन् । सिनीयर तर्फ खुल्ला उमेर समुहमा राजकुमार हरिजन(४५ केजि), बिपिन राना (५० केजि) , सन्तु चौधरी (५५केजि)र सञ्जय चौधरी (७० केजि) रहेका छन् । प्रतियोगितामा मुख्य प्रशिक्षकका रुपमा संघका अध्यक्ष एबं सस्थापक केबिराना(काजी) छन् । खेलाडीहरुले एकल काता, पुमिते र टिम काता र टिम कुमिते तथा किक बक्सिंगमा प्रतिष्पर्धा गर्नेछन् ।
सबै खेलाडीहरुलाई २ हप्ताको बन्द प्रशिक्षणमा राखी तालिम दिईएको अध्यक्ष रानाले बताए । प्रतियोगितामा नेपाल सहीत भारत, बंगलादेश, श्रीलंका, भुटान, मालदिभ्सका खेलाडी सहभागी हुनेछन् । टिममा संयोजकका रुपमा जापान गोजुरीयो कराते डु मिशन संघ रुपन्देहीका अध्यक्ष उमेश थापा मगर, ब्यबस्थापकमा केन्द्रिय सचिब गिरी प्रसाद पुन, सहायक ब्यबस्थापकमा केन्द्रिय सदस्य भिमसेन थापा रहेका छन् ।
टिम संगै नागरीक दैनिकका शेर बहादुर केसी र कारोबार दैनिकका पत्रकार मनोरञ्जन शर्मा रहेका छन् । नेपालले यस अघि पनि अन्तराष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसीपमा थुप्रै गोल्डमेडल जितिसकेको र खेलाडीहरुले दुई हप्ता सम्म प्रशिक्षणमा कडा मेहेनत गरेको र खेलाडिहरुको अनुशासन र टाइमिङ्ग पनि राम्रो भएकोले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दे प्रथम हुनेमा बिश्वस्त रहेको मुख्य प्रशिक्षक रानाले बताए ।
खेलाडी तथा अफिसीयल हरुलाई सिमानाका बेलहियामा रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवाली, भैरहवा भन्सार कार्यलयका प्रमुख भुपालराज शाक्य, नेपाल कराते महासंघ पश्चिमान्चल अध्यक्ष भरत बहादुर के.सी, जापन गोजु रियो कराते डो मिसन संघ नेपालको केन्द्रिय उपाध्यक्ष सतिस चौधरी, नेपाल भारत मैत्री समाजका अध्यक्ष डा. शान्त कुमार शर्मा, ट्रान्स नेपाल बेलहिया प्रमुख रबि पारीख लगायतले विजयीको कामना गर्दै नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरेर विदाइ गरेका थिए । उक्त अवसरमा बोल्दै अतिथीहरुले दिल्लीमा नेपालको झण्डा उचो बनाउनेगरी नेपाली प्रतिनिधी मण्डलले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए ।














