अनुसन्धानका क्रममा मृतककै लामो चुल्ठो(कपाल)ले घाटीमा कसेर हत्या गरेको पाईएको रुपन्देही प्रहरीले जनाएको छ ।
न्यूज ओके रिपोर्टर, भैरहवा, ६ वैशाख
रुपन्देहीको ओमसतिया गाउँपालिका–६ की १५ वर्षिय किशोरीको हत्यामा उनकै चुल्ठो (कपाल) प्रयोग भएको पाईएको प्रहरीले जनाएको छ ।
बैशाख ३ गते राति घरबाट निस्किएकी हरिजन थरकी किशोरी ४ गते विहान घर नजिकैको खेतमा मृत अबस्थामा भेटिएकी थिईन् ।
मृत अबस्थामा किशोरी भेटिएलगत्तै प्रहरीले हत्याको आशंकामा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा मृतककै लामो चुल्ठो(कपाल)ले घाटीमा कसेर हत्या गरेको पाईएको रुपन्देही प्रहरीले जनाएको छ ।
प्रहरीले हरिजनको हत्या गरेको आरोपमा ओमसतिया ६ का १८ वर्षिय प्रेमसागर केवटलाई प्रक्राउ गरी बिहीबार सार्वजनिक समेत गरेको थियो । रुपन्देही प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक श्याम ज्ञवालीले केवटले हरिजनको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको बताए ।
प्रहरीका अनुसार मृतक हरिजन र केवटबीच विगत चार वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । घटना हुँदाका राति उनीहरु हरिजनको घरनजिकै रहेको खेतबारीमा रात विताएका थिए । त्यहाँ उनीहरुबीच अनैतिक सम्बन्ध स्थापित भएको अनुसन्धानको क्रममा केवटले प्रहरीलाई बयान दिएका छन् । राती उनिहरुबिच केही बिबाद भएको र पछि हरिजनलाई उनकै कपालले घाँटीमा कसेर केबटले हत्या गरेको खुलेको रुपन्देही प्रहरीका प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक डिल्ली नारायण पाण्डेले पत्रकार सम्मेलनमा बताए ।








