(न्यूज ओके) भैरहवा
युबा उद्यमी तथा ब्यबसायी राहुल अग्रवाल महालक्ष्मी बिकास बैंकको निर्देशकमा चयन भएका छन् । बैंकको काठमाण्डौमा सम्पन्न १६ औं बार्षिक साधारण सभाबाट अग्रवाल निर्देशक पदमा निर्बिरोध चयन भएका हुन् । ३१ बर्षका युबा अग्रवालको अटो मोबाईल्स, रियल स्टेट तथा बिभिन्न ब्यबसाय रहेका छन् ।
२ अर्ब ६३ करोड पूजि रहेको महालक्ष्मी बिकास बैंकको देशभरीमा ७३ शाखा रहेका छन् । भैरहवामा केन्द्रिय कार्यालय रहेको सिद्धार्थ फाईनान्स कम्पनी पनि यसै बिकाश बैंकमा गाभिएको थियो । बैंकले गत बर्षको मुनाफाबाट ९ प्रतिशत लाभांश शेयरधनिलाई प्रदान गरेको थियो । गत बर्ष बैंकले २५ करोड मुनाफा गरेको थियो ।














