न्यूज ओके रिपोर्टर
भैरहवा, ४ बैशाख
लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले भैरहवा लुम्बिनी सडक खण्डमा अबस्थित सिद्धार्थ बाल गृहमा खाद्यान्न तथा आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 
मंगलबार बालगृहमै आयोजित कार्यक्रममा चामल, दाल, आलु, चिउरा, मस्यौरा, चियापत्ति, बिस्कुट, लगायतका खाद्य सामग्रीहरुलाई प्रमुख अतिथी नेत्र बिज्ञान अध्ययन सस्थान लुम्बिनी रण अम्बिका आखा अस्पतालका निर्देशक डा. शलमा राई केसी, क्लबका अध्यक्ष अनिता थापा, सिद्धाथनगर लायन्स क्लबका पुर्ब अध्यक्ष तथा डिस्ट्रीक ३२५ बि २ का मानार्थ सल्लाहकार धर्मराज श्रेष्ठ, सिद्धार्थनगर लाइन्स क्लबका प्रथम उपाध्यक्ष थिरेन्द्र श्रेष्ठ लगायतले बालगृहकी सञ्चालिका कृष्णमाया गुरुंगलाई सामग्रीहरु हस्तान्तरण गर्दै भबिश्यमा के कसरी हुन्छ अन्य सहयोग उपलब्ध गराउन परामर्श गर्ने बताए । बालगृहमा खाद्यान्न प्रदान गर्न क्लबका सचिब दुर्गा आचार्यले आर्थिक सहयोग उपलब्ध गराएको खाद्यान्न बितरण कार्यक्रमका संयोजक सरीता आचार्य पौडेलले बताईन् । क्लबका निर्देशक चन्दा श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्लबका अध्यक्ष अनिता थापाले ५१ सय, क्लबका सदस्यद्धय भबिकुमारी सेन्चुरीले २१ सय र दयालक्ष्मी श्रेष्ठले ११ सय रुपैया बालगृहलाई आर्थिक सहयोग उपलब्ध गराएका थिए

कार्यक्रमा सिद्धार्थनगर लायन्स क्लबका पुर्ब अध्यक्षहरु महेश थापा, प्रेम कुमार सेन्चुरी, राजेश खरेल, रुपमा हिराचन,तृतिय उपाध्यक्ष नेत्र आचार्य, भैरहवा लायन्स क्लबका सस्थापक अध्यक्ष गणेश क्षेत्री, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टीनियलका सस्थापक अध्यक्ष ओम जैशी, महिला उद्यमी शान्ता जिसी लगायतको उपस्थिती थियो । सोहि कार्यक्रममा बालगृहको प्रबद्र्धनमा पत्रकारीता क्षेत्रबाट सहयोग गरेको भन्दै न्यूज ओकेका सम्पादक मनोरञ्जन शर्मालाई सम्मान गरीएको थियो । शर्मालाई प्रमुख अतिथी डा. शलमा केसी राई र अध्यक्ष अमृता थापाले कदरपत्र र खादा लगाई सम्मान गरेका थिए ।
(यो समाचार २०७५ बैशाख ६ गते प्रकाशित न्यूज ओके साप्ताहिकमा समेत पढन सकिनेछ ।)














