सिद्धार्थ नगरबासीको धारणा : केही नयाँ काम सोच्ने की ?

0
20

बिस्तृत योजना तर्जुमा र भबिष्यलाई नहेरी गरीने निर्माणले भविष्यमा निर्माण हुने ट्रलीबस सेवा, मोनोरेल, सडकको बिस्तार गर्ने काममा समस्या निश्चित रूपमा ल्याउँछ ।

अरूण कर्ण

सिद्धार्थनगर नगरपालिकाले बेलहियामा भब्य गेट निर्माण गर्ने निर्णय गरेको छ । यसको लागि भब्य बजेट लगानी गर्नु पर्ने हुन्छ । बिगतका गल्तीहरूबाट केही पाठ सिक्ने हो कि ? सडकको राईट अफ वे भित्र निर्माण गरिने भौतिक संरचना कतिको जायज छ । बुद्ध चोकमा निर्माण गरिएको केही बर्ष अघिको मुर्ति भत्काउनु पर्यो । लाखौंको लागतमा निर्माण गरिएको लुम्बिनी गेट अहिले सडक बिभागको लागि भालुको कन्चट भएको छ ।
सडक विस्तारमा समस्या ल्याएको छ । बिस्तृत योजना तर्जुमा र भबिष्यलाई नहेरी गरीने निर्माणले भविष्यमा निर्माण हुने ट्रलीबस सेवा, मोनोरेल, सडकको बिस्तार गर्ने काममा समस्या निश्चित रूपमा ल्याउँछ । बिश्वमा गगनचुम्बी गेट, टावर धेरै छन् जसको मुकाबिला गर्न सकिँदैन बेलहियामा निर्माण हुने गेट पर्यटकको आकर्षणको केन्द्र बन्न सक्दैन ।
नगरको सुन्दरताको लागि धेरै जरूरी कार्यहरू गर्न बाँकी रहेको छ । नगरभित्रको सफाई गर्न धुलो तान्ने गाडी, सडक वरिपरि फुलवारी, नगर भित्रको तारहरू अन्डर ग्राउन्ड, छाडा पशुको लागि कान्जी हाउस आदि जरूरी कार्य सम्पन्न गर्न सकिन्छ । नगरपालिकाले केही नयाँ काम गरोस र हामी त्यस्मा समाबेश हुन सकौ भन्ने चाहना हो ।(यो समाचार २०७५ बैशाख ६ गते प्रकाशित न्यूज ओके साप्ताहिकमा समेत पढन सकिनेछ ।)

Leave a Reply