न्यूज ओके रिपोर्टर
भैरहवा ।
सिद्धार्थ उद्योग बाणिज्य संघको पहलमा ३० वटा पार्किंग बोर्ड जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीलाई आईतबार हस्तान्तरण गरेको छ ।
संघ, पदाधिकारी, बजारका बिभिन्न उद्योग प्रतिष्ठान तथा संघसस्थाको सहयोगमा नगरको बिभिन्न ३० पार्किंग स्थलमा राख्न बोर्ड उपलब्ध गराएको र नगरको ट्राफिक ब्यबस्थापनका लागी सक्दो सहयोग गर्ने सिद्धार्थ उद्योग बाणिज्य संघले जनाएको छ । आईतबारनै सिद्धार्थ उद्योग बाणिज्य संघ, सिद्धार्थनगर नगर पालिका र जिल्ला ट्राफिक कार्यालय रुपन्देही बिच भैरहवा क्षेत्रको ट्राफिक ब्यबस्थापनका लागी छलफल भएको थियो । छलफलमा संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा निरीक्षक दक्ष बहादुर बस्नेत, नगरपालिकाका अधिकृत यादब सापकोटा लगायतको उपस्थिति थियो ।

Leave a Reply