न्यूज ओके                                                                                                                     भैरहवा :
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले सिद्धार्थनगर नगरपालिका ९ स्थित भानु माध्यमिक विद्यालयलाई डेक्सबेन्च प्रदान गरेको छ ।
क्लबले एक लाख ५५ हजार बराबरको १२ सेट डेक्सबेन्च र पोडियम हस्तान्तरण गरेको अध्यक्ष जीवन अर्यालले बताए ।
डेक्सबेन्च हस्तान्तरण गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले शैक्षिक क्षेत्रजस्तो पवित्र ठाउँमा रोटरीले गरेको सहयोग सहरानीय रहेको बताउदै नगरको शैक्षिक विकास गर्न सबै संघसंस्थाको सहयोग उत्तिकै आवश्यक पर्ने बताए ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले रोटरीले विगतदेखि नै समाजमा हुने विभिन्न घटना, परिघटना र गरिब, दुखी, विपन्न एवं शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताए ।
विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले राम्रो पूर्वाधार नहुँदा विद्यार्थीलाई अध्यापन गराउन समस्या भइरहेका बेला रोटरीले गरेको सहयोगले अब अध्यापन गराउन सहज हुने बताए ।

Leave a Reply