२० रूपैयाँमा २०% थप चाउचाउ
न्यूज ओके रिपोर्टर
भैरहवा । तयारी चाउचाउको क्षेत्रमा ३ साता अघि मात्र बजारमा भित्रिएको सिद्धि विनायक स्नयाक्स एण्ड नुड्ल्स प्रा.लि.को उत्पादन एसभिस गज्ज्बको ब्राण्डकोे तयारी चाउचाउ काठमाण्डौका उपभोक्ता माझ सोमबार बाट ल्याएको छ ।
काठमाण्डौ क्षेत्रका उपभोक्तालाई लक्षित गर्दै ल्याएको गज्ज्बको दुबै चिकेन र भेजिटेबल फ्लेबेरका चाउचाउको ८५ ग्रामको मुल्य २० रूपैया रहेको र यस्मा २० प्रतिशत अतिरीक्त चाउचाउ रहेको उद्योगका अध्यक्ष उज्जवल कसजुले बताए ।
हामीले पहीलो चरणमा ८५ ग्रामको प्याकेटमा पश्चिम नेपालका प्रमुख बजारहरूमा बिक्री बितरण सुरूवात सफल रूपमा गरेका छौ । दोश्रो चरणमा काठमाण्डौ क्षेत्रका उपभोक्ता माझ बिशेष योजना सहीत लिएर आएका छौ, कसजुले भने । उनका अनुसार २० रूपैयाँमा यो चाउचाउ खरीदमा अब ८५ ग्राममा २० प्रतिशत थप गरी तयार गरीएको चाउचाउ पाईने छ । नेपालमा उपलब्ध यसै प्रकृति र फ्लेबर भएका तयारी चाउचाउमा २० रूपैयामा धेरै परीणाममा पाईने चाउचाउ एसभिस गज्ज्ब मात्र रहेको उद्योगका प्रबन्ध निर्देशक ई.अभिशेक श्रेष्ठले बताए ।
नयाँ योजन सहीत काठमाण्डौ छिरेको एसभिस गज्ज्बको चाउचाउको बिक्री बितरण देशैभरी बाट हुने र नँया योजन अनुसारका प्याकेटका चाउचाउका बिक्री पश्चिम नेपालको बुटवल, भैरहवा लगायतका स्थानहरूमा समेत सुरू भएको उद्योगका कर्पोरेट म्यानेजर रिचा श्रेष्ठले बताईन् । ‘टेष्ट पनि गज्ज्बको, स्वाद पनि गज्ज्बको’ नारा सहीत बजारमा आएको यो चाउचाउ उद्योग नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर १० (सुक्रौली गाँउ नजिकै) मा रहेको छ ।
उद्योगबाट बिश्वस्तरका चिनिया, जापानीज र भारतिय प्रबिधी अपनाई गुणस्तरीय चाउचाउ उत्पादन भएको अध्यक्ष कसजुले जानकारी दिए । पुर्ण कम्प्युटरकृत रहेको यो उद्योगमा १ अर्ब ५ करोड रूपैया लगानी रहेको छ । गज्ज्बको चाउचाउ उद्योगको क्षमता बार्षिक ४८ लाख कार्टुन रहेको छ । उद्योगले निकट भबिश्यमै उत्पादित गज्ज्बको चाउचाउलाई भारतमा निर्यात गर्ने लक्ष्य लिएको छ ।
सिद्धी बिनायक समुहको लगानी रहेको सिद्धि विनायक फूड प्रोडक्टस प्रा.लि.ले रूपन्देहीको तिलोत्तमा नगर पालिका टिकुलीगढमा उद्योग स्थापना गरी बिगत ३ बर्ष देखि गज्ज्बको ब्राण्डमा बिस्कुट, मिस्टर हैप्पी कुकिज, र गज्ज्बको चिजबल उत्पादन गरी नेपाल भरीनै बिक्री बितरण गर्दै आएको छ ।














