आयात–निर्यात प्रभाबित

0
98

नेपालबाट ट्रकहरू भारत छिर्न समेत समय लाग्न थालेपछी भारतीय ट्रान्सपोर्ट कम्पनीहरूबाट समेत कम ट्रकहरू सामान लिएर आउन थालेका छन् । बिगतमा दैनिक ३ सय देखि ३ सय ५० वटासम्म मालबाहक ट्रकहरू भित्रिने गरेकोमा अहिले करिब २ सय वटा मालबाहक ट्रकहरू नेपाल भित्रिएका छन् ।

न्यूज ओके रिपोर्टर
भैरहवा ।

सुरक्षाको कारण देखाउँदै भारतीय सीमा सुरक्षाबल एसएसबिले सिमानाका सुनौलीमा चेकजाँचमा कडाई गरेपछि आयात–निर्यात बिगत एक साता देखि प्रभाबित बनेको छ ।
बिशेष गरी नेपालबाट भारततर्फ जाने सबैखाले सवारी साधन तथा यात्रुहरूमा चेकजाँचमा कडाई भए पछि आयात–निर्यात प्रभाबित हुँदै आएको छ । चेकजाँचमा कडाई गर्दा नेपालतर्फ भारत जाने सवारी तथा मालबाहक साधनको लामो लाम डन्डा पुलसम्म आउने गरेको छ भने बाईपास सडकमा पनि लामो लाईन सवारी तथा मालबाहक साधनहरूको लागेको छ । नेपालबाट ट्रकहरू भारत छिर्न समेत समय लाग्न थालेपछी भारतीय ट्रान्सपोर्ट कम्पनीहरूबाट समेत कम ट्रकहरू सामान लिएर आउन थालेका छन् । बिगतमा दैनिक ३ सय देखि ३ सय ५० वटासम्म मालबाहक ट्रकहरू भित्रिने गरेकोमा अहिले करिब २ सय वटा मालबाहक ट्रकहरू नेपाल भित्रिएका छन् ।
के कति कारणले सिमानाकामा कडाई गरिएको हो त्यो नखुलाई पुर्बोत्तर भारत चिन सिमानामा दुई देशबिच भूमिलाई लिएर बिबाद बढ्दै गए पछी नाकामा कडाई गरिएको बुझिएको छ । यसै समयमा नेपाल हँुदै भारततर्फ हातहतियार गएको आशंका भारतीय सुरक्षा निकायले गर्दै सिमानाकामा कडाई गरिएको बताइए तापनि हतियार गएको पुष्टी कतैबाट भएको छैन् । उता सुरक्षा चेकजाँचका नाममा भारतीय एसएसबिले नेपाली भूमिमै आएर चेकजाँच गर्न थालेको पाइएको छ । नेपाल–भारत सन्धी अनुसार दशगजा क्षेत्रमा कुनै पनि कृयाकलाप दुबैपक्षबाट गर्न नपाइने भए पनि दशगजा क्षेत्रमै आएर भारतीय पक्षले चेकजाँच लगायतका काम गर्दा नेपाली पक्ष भने मौन नै बसेको छ ।

Leave a Reply