काठमाडौं तथा पहाडी क्षेत्रका विमानस्थल बिहानै देखि खुले पनि तराईका विमानस्थलहरु मौसम खराबका कारणले नखुल्दा देशभरकै हवाई उडान तालिका प्रभावित बनेको छ ।
मनोरञ्जन शर्मा , भैरहवा, २ पुष:
प्रतिकुल मौसमका कारण शुक्रबार बाट पश्चिम नेपालको भैरहवास्थित निमार्णाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट हुने हवाई उडान तथा अबतरण हरु प्रभाबित भएका छन् । शुक्रबार देखि मौसम परिबर्तन भई बाक्लो हुस्सुलाग्दा उडानहरु प्रभाबित हुन थालेको बिमानस्थल स्थित नागरीक उड्यन तथा प्राधिकरणको कार्यालयले जनाएको छ ।
बाक्लो हुस्सु र कुहिरोले गर्दा विमान उडान तथा अवतरण गर्दा आवश्यक पर्ने पर्याप्त प्रकाश (भिजिविलिटी) नपुग्दा उडान सेवा प्रभाबित हुन पुगेको हो ।
नागरिक उड्डयन प्राधिकरण कार्यालय गौतमबुद्ध विमानस्थलका अनुसार मौसम खराबी हुँदा बिहानका उडानहरु सबै रद्ध हुन थालेका छन् भने केहीले बिहानको उडानलाई दिउसो सार्न थालेका छन् । मौसम परिबर्तन भई बाक्लो हुस्सु र कुहिरो लाग्दा उडान प्रभाबित हुन थाल्ने देखिए पछि आफुहरुले दिउसो १।०५ बजेको प्mलाईटलाई दिउसो सवा ३ बजे सारेको सिम्रिक एअर भैरहवा स्टेशनका प्रबन्धक मुकेश झाले बताए । शनिबार मुस्किलले दिउसो केही समय करीब साडे दुई देखि करीब सवा ४ बजे सम्म मात्र बिमानस्थलमा उडान तथा अबतरण गर्न मिल्ने प्रकाश(भिजिबिलीटी) पुगेकोमा सोहि समय भित्र सिम्रिकको एक, सौर्यको १, यतीको २ उडान संभब भएका थिए भने अन्य सबै उडानहरु रद्ध भएका थिए ।
सोहि समयमा आएको बुद्धको बिमान अबतरण भए पनि उडन भने सकेन् । भैरहवा काठमाण्डौ सेक्टरमा बुद्धको शनिबारका तिन वटै उडान रद्ध भए भने श्री एअरलाईन्सको २, नेपाल एअरलाईन्स र यती एअरको बिहानको उडान समेत रद्ध भएको छ । त्यस्तै बुद्ध एअरको भैरहवा पोखरा उडान समेत हुन सकेन् ।
काठमाडौं तथा पहाडी क्षेत्रका विमानस्थल बिहानै देखि खुले पनि तराईका विमानस्थलहरु मौसम खराबका कारणले नखुल्दा देशभरकै हवाई उडान तालिका प्रभावित बनेको छ ।
भैरहवा–काठमाडौं सेक्टरमा दैनिक रुपमा बुद्ध–यतिले तीन/तीन ,श्री र सौर्यले २।२, सिम्रिक र नेपाल एअरलाईन्सलेले एकएक तथा भैरहवा पोखरा सेक्टरमा बुद्ध एअरले दैनिक एक उडान गर्दै आएका छन् । शनिबार भैरहवा क्षेत्रको अधिकतम तापमान १७ दशमलब ४ डिग्री सेल्सियस थियो भने न्युनतम तापमान ८ दशमलब २ डिग्री सेल्सियस थियो । मौसम बिभागले आईतबार पनि बाक्लो कुहीरो तराई क्षेत्रमा लाग्ने पुर्बानुमान गरेको छ ।














