सिद्धार्थ उद्योग बाणिज्य संघले यो वर्षको अन्तिम दिन चैत्र ३० गते शुक्रबार बेलुका ६ बजेदेखि मध्यरात १२ बजेसम्म सडक खाना महोत्सब आयोजना गर्न लागेको हो ।
न्यूज ओके रिपोर्टर, भैरहवा :बुद्धजन्मस्थल लुम्बिनीको प्रबेशद्वार सिद्धार्थनगर (भैरहवामा) नयाँ बर्ष २०७५ सालको पूर्ब सन्ध्यामा सडक खाना महोत्सब (स्ट्रिट फुड फेस्टिबल) आयोजना हुने भएको छ ।
सिद्धार्थ उद्योग बाणिज्य संघले यो वर्षको अन्तिम दिन चैत्र ३० गते शुक्रबार बेलुका ६ बजेदेखि मध्यरात १२ बजेसम्म सडक खाना महोत्सब आयोजना गर्न लागेको हो । बिगतमा ३ पटक सफलतापूर्बक सम्पन्न गरेको महोत्सबको यो चौथो सस्करण हो ।
“सडकमा खाऔँ । सडकमै रमाऔँ । पर्यटन विकास गरौ ।” भन्न्े नाराका साथ आयोजना हुने सडक खाना महोत्सबको मुख्य आयोजकमा सिद्धार्थ उद्योग बाणिज्य संघ, आयोजकमा सिद्धार्थनगर नगरपालिका र सिद्धार्थ होटल एशोसियसन (सान), प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेका छन् । सडक खाना महोत्सबलाई स्थानीय होटल संघ, रेष्टुरा संघ, पर्यटनसंग सम्बन्धित संघसंस्थाहरूले सहयोग गर्ने संघले जनाएको छ ।
‘भैरहवामा बिगतमा सडक खाना महोत्सब आयोजना गर्दा बढी सहभागिता र आकर्षक रह्यो । तिनै पटककोे सडक खाना महोत्सबले हामीलाई उत्साहित बनाएपछि यस बर्ष पनि हामीले संघको नेतृत्वमा सडक खाना महोत्सब आयोजना गर्न लागेका हौं’, संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले भने । खाना महोत्सबमा ५० भन्दा बढी स्टल राख्ने तयारी भइरहेको कार्यक्रमका संयोजक तथा संघका सदस्य दिपेन्द्र प्रधानले बताए । सडक खाना महोत्सबमा नेपाली बिभिन्न जातजातिका खाना, बिदेशीमा भारतीय, चाईनिजलगायत देशका खानाका परिकारका स्टल राख्ने तयारी भइरहेको प्रधानले बताए ।
सडक खाना महोत्सब भैरहवामा चौथो पटक आयोजना हुन गइरहेको र यहाँ आउने स्वदेशी, बिदेशी पर्यटक, स्थानीय भैरहवा, बुटवल र अन्य ग्रामिण बजारबाट मात्र नभई सिमावर्ती भारतीय बजार सुनौली, नौतवनाबाट समेत खाना महोत्सबमा सहभागी हुन आउने गरी प्रचारप्रसार तथा अन्य तयारी भइरहेको संघका महासचिब नेत्रप्रसाद आचार्यले बताए । सडक खाना महोत्सबलाई बिशिष्ट पर्बको रूपमा आयोजना गर्न बिभिन्न साँस्कृतिक कार्यक्रम समेत आयोजना हुने तयारी संघले गरेको छ ।














