न्यूज ओके रिपोर्टर                                                                                                         भैरहवा : 

बिश्वबिख्यात कार कम्पनि फोर्डको नँया उत्पादन फोर्ड फ्रि स्टाईल कारको बिक्री तथा प्रबद्र्धन भैरहवामा पनि सुरू भएको छ । भैरहवा क्षेत्रको फोर्डकारको अधिकृत बिक्रेता गो फोर्ड अवन्ति अटोमोबाईल्सले बिक्री तथा प्रबद्र्धन सुरू गरेको हो । बिभिन्न रंगमा उपलब्ध कारहरूको सुरूवाती मुल्य २६ लाख ९९ हजार देखि ३५ लाख ९९ हजार रहेको अवन्तिका अटोमोबाईल्सका प्रबन्ध निर्देशक पवन अग्रवालले बताए ।
१२ सय सिसि क्षमताको पेट्रोल ईन्जिन र १५ सय सिसि क्षमताको डिजल ईन्जिनमा उपलब्ध कारमा ६ वटा एअर ब्याग, ७ ईन्चको टचस्क्रिन डिस्प्ले, रिभर्स पार्किंग क्यामेरा, १९० मिमि ग्राउण्ड क्लियरेन्स लगायतका बिशेषता कारमा रहेको र लचिंग (बिक्री तथा प्रबद्र्धन सुरूवात) का दिन ३ वटा कार बुकिंग भएको प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए । कारको नगद खरीदमा २५ हजार रूपैयाँ छुट र ३० हजार मुल्य बराबरको एसेसरीज हरू समेत उपलब्ध गराएको र यो सिमित अबधीका लागी भएको जनाएको छ । सानु डिपार्टमेन्टल स्टोरको पार्किंग क्षेत्रमा भएको बिक्री तथा प्रबद्र्धन कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रम समेत आयोजना भएको थियो । बिक्री तथा प्रबद्र्धन संगै एक्सचेन्ज अफर समेत उपलब्ध भएको जनाएको छ ।

Leave a Reply