न्यूज ओके रिपोर्टर भैरहवा :
बजाज कम्पनीको मोटरसाईकलको नेपालको आधिकारीक बिक्रेता एचएचले नेपाली बजारमा भित्रयाएको १८० सिसिको एभेन्जर स्ट्रीट मोटरसाइकलको भैरहवामा पनि बिक्री तथा प्रबद्र्धन सुरू भएको छ ।
एचएच बजाजको भैरहवा क्षेत्रको अधिकृत बिक्रेता बज अटोमोबाइल्सले एक कार्यक्रमको आयोजना गरी १८० सिसिको एभेन्जर मोटरसाइकलको बिक्री तथा प्रबद्र्धन कार्य सुरू गरेको हो ।
बज अटोमोबाइल्स प्रबन्धक निर्देशक हरीबहादुर थापाले मोटरसाइकलमा रहेको १८० सिसि डि.टि.एस.आई इन्जिनले दिने १५ दशमलब ५ पि.एस पावरले ग्राहकको दैनिक जिवनमा रोमाञ्चक एवं आरामदायी यात्राको सुनिश्चिता प्रदान गर्ने र नयाँ एभेन्जरमा उत्कृष्ट पावर र माइलेजको अतुलनिय समायोजन रहेको तथा मोटरसाइकलमा थुप्रै विशेषताहरू रहेकोले युबापुस्ताले मनपराउने जनाए ।
मोटरसाइकलमा डिजिटल मिटर, डि.आर.एल (लाइटिङ्ग), नाइट्रोक्स सन्स्पेन्सन, डि.सी इग्निशनता लाइटिङ्ग सिस्टम लगायत विशेषताहरू रहेका छन् ।
नयाँ एभेन्जर रातो र कालो गरी २ रंगमा उपलब्ध रहेको छ भने मोटरसाइकलको मूल्य २ लाख ७१ हजार ९ सय रूपैयाँ रहेको छ । एभेन्जर मोटरसाइकलको बिक्री तथा प्रबद्र्धन कार्यको सुरू वडा प्रहरी कार्यालय सिद्धार्थनगरका प्रमुख तथा प्रहरी निरीक्षक मदनजीत महराले गर्दै लामो समय भैरहवा क्षेत्रमा अटो व्यवसाय गर्दै आएका व्यवसायीले उपभोक्तको आवश्यकतालाई मध्यनजर गर्दै थप गुणस्तरी मोटरसाइकल बजारमा ल्याएकोमा बधाई दिदै बिक्री संगै त्यसपछिका सेवाहरू समेत गुणस्तरीय र उत्कृष्टता उपलब्ध गराउन पर्नेमा जोड दिए ।














